साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा नेपालीहरुको महान् पर्व चासोक तङ्नामको अवसरमा बुधबारदेखि भलिबल प्रतियोगिता भएको छ । सिरिजङ्गा स्मृति धार्मिक वन समिति र याक्थुङ चुम्लुङ नगरको आयोजनामा भएको प्रतियोगिता नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन गरेका छन् ।
पुरुषतर्फको प्रतियोगिताको उद्घाटन् खेलमा दीपज्योति पथरीले लेटाङलाई र अर्को खेलमा पथरीको छ्यालिस विघेले श्रीजंघा बीलाई सोझो सेटमा पराजित गरेको छ । राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाम्फे सिरेङ स्मृति पुरुष भलिबल रनिङ् कप प्रतियोगिता र बुद्धराज हाङगाम लिम्बू स्मृति महिला भलिबल रनिङकप प्रतियोगिता अन्तर्गत पुरुषतर्फ ११ र महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । प्रथम पुरुष भलिबलको पुरस्कारको राशी गंगा सावाले ५१ हजार, दोस्रो पुरस्कारको राशी तेजबहादुर सेरेङले ३१ हजार र प्रथम महिला भलिबलको पुरस्कारको राशी पर्शुराम कार्कीले ३१ हजार, दोस्रो पुरस्कारको राशी कोपिला सिरेङले २१ हजार प्रायोजन गर्नुभएको छ । विजयीहरुलाई ७ गते पुरस्कार वितरण गर्ने जनाइएको छ ।