उपाधि दीपज्योतिलाई - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

उपाधि दीपज्योतिलाई


साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबद्वारा आयोजित खुला नकआउट भलिवल प्रतियोगिताको उपाधि दीप ज्योति क्लब पथरीले जितेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा दीप ज्योतिले सशस्त्रको एपीएफलाई २५÷१७, २५÷२३ र २५÷१७ को सोझो सेटमा पराजित गरेको हो । जित सँगै दीप ज्योति भलिवल क्लव पथरीशनिश्चरेले नगद ८१ हजार रुपैयाँ संगै ट्रफि मेडल हात पारेको छ भने उपविजेता एपीएफले ५१ हजार ट्रफि, मेडलमा चित्त बुझाएको छ ।
फाइनल खेलको उत्कृष्ट खेलाडी एपीएफका चन्द्र बहादुर श्रेष्ठ घोषित भएका छन । प्रतियोगिताको मेन अफ द सिरिज दीप ज्योति क्लवका संजय बुढाथोकी घोषित भए भने बेस्ट लिफ्टर दीप ज्योति कै मुस्कान लिम्बू, उत्कृष्ट अनुशासनमा एपीएफका जर्मन कार्की र उत्कृष्ट डिफेन्स दीप ज्योति कै बसन्त राई घोषित भएका छन । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा १ नम्वर प्रदेशका १० टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर