पाँचबर्षपछि काँग्रेस महासमितिको बैठक सुरु - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

पाँचबर्षपछि काँग्रेस महासमितिको बैठक सुरु

साइनो समचारदाता
काठमाडौं । प्रतिपक्षी नेपाली काँग्रेसको विधान अनुसार सालिन्दार बस्नुपर्ने महासमितिको बैठक पाँचबर्षपछि काठमाडौंमा सुरु भएको छ । बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् ।
नेपाली कांग्रेसका देशभरका महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुकरिब १७ सय कार्यक्रममा भेला भएका छन् ।


उद्घाटन सत्रपछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेस गरिनेछ । विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनायता बैठक हुन सकेको थिएन ।
पछिल्लो पटक काँग्रेसले उपसभापति विजयकुमार गच्छदारको पार्टी लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका दुई सय जनालाई महासमिति सदस्य बनाइएको छ भने एक सय जनालाई पर्यवेक्षकको रुपमा बैठकमा सहभागी गराइनेछ। उद्घाटन सत्र सकेपछि आजै अपरान्ह बैठकमा आर्थिक, सांगाठानिक तथा राजनीतिक प्रतिवेदन पेश हुनेछ । सहमति नजुटेको पार्टीको संघीय विधान पनि महासमिति बैठकमा छलफलका लागि पेश गरिने कांग्रेसले जनाएको छ । पदाधिकारी संख्या बढाउने वा अहिलेकै राख्ने भन्नेमा कांग्रेसमा सभापति र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच मतभेद छ ।
आइतबार विहान ८ बजेदेखि बन्द सत्र सुरु हुने प्रवक्ता शर्माले बताए । महासमिति बैठक पुस ३ गतेसम्म चल्नेछ । महासमिति बैठकमा विशेष महाधिवेशनबारे पनि आवाज उठाउने पक्षमा नेताहरु छन् ।

सम्बन्धित खवर