साइनो समचारदाता
काठमाडौं । एकै साथ नेपाली भाषाका गीतहरु ‘आदित्य’ र लिम्बू भाषाको ‘सुम्निया’ एल्बम विमोचन गरिएको छ । नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक÷संगीतकार गणेश रसिकको हातबाट एल्बम विमोचन भएको हो ।
गायिका तथा मोडल आशा सुहाङ लिम्बूको दुई एल्बम शुक्रबार बागबजारस्थीत होटल हार्दिकमा विमोचन गरिएको हो ।
विमोचन समारोहमा चर्चित गायक राजेश पायल राई, लिम्बुवानका नेता तथा साहित्यकार कुमार लिङ्देन मिराक, प्राज्ञ अशोक लोहरुङ राई, फक्ताङलुङ सयङका अध्यक्ष भवानीविक्रम सम्बाहाम्फे, याक्थुङ हाक्पारे पालाम सयङकी अध्यक्ष रुपा आङबुहाङलगायत थुप्रै सर्जकहरुको उपस्थिति रहेको थियो ।
नेपाल वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा परिषद्का सचिव टिका चाम्लिङले गीत लेखनमा आशा सुहाङको आगमन भएकोमा पनि स्वागत दिएका थिए ।