साइनो समचारदाता
इलाम । संघीय समाजवादी महिला फोरम, नेपाल चुलाचुली गाँउपालिका समिति –इलाम) को अध्यक्षमा पुनः तुलमाया लिम्बु चयन भएकी छन् ।
समितिका उपाध्यक्षद्वयमा लीला योङ्हाङ र शान्ता नेपाली, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भीममाया लावती, अन्जना राई र तारा राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिमला राई, खिनमाया इङ्नाम, माया चेम्जोङ, मानुका राई लगायत छन् । महिला फोरमकी १ नम्बर प्रदेश सदस्य फूलमाया फेजोङ, संघीय समाजवादी फोरम, नेपाल लिम्बुवान समिति सदस्यद्वय खिनमाया लिम्बू र भूपेन योङ्या, जिल्ला सदस्य गजेन्द्र याक्खा, चुलाचुली गाउँ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
भेलाले महिला फोरम चुलाचुली सल्लाहकारहरुमा राधा वर्देवा, बिना पौड्याल र सुनिता राईलाई चयन गरेको छ ।