अमेरिकामा हुने सुम्निमा साँझमा विल्सन, भुवन र विनोदको प्रस्तुति रहने - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

अमेरिकामा हुने सुम्निमा साँझमा विल्सन, भुवन र विनोदको प्रस्तुति रहने

साइनो समचारदाता
पथरी । आगामी २४ डिसेम्बर (पुस ९ गते) किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले माङ््िखम निर्माण सहयोगार्थ सुम्निामा साँझ–१० साँस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ । सो कार्यक्रममा हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा), गायक तथा संगीतकार भुवन सुप्तीहाङ र गायक विनोद राईको प्रस्तुति रहने आयोजकले जनाएको छ । विल्सनको ट्वीन्ङकल ट्वीन्ङकल लिटर स्टार…, पानी पानी पानी जिन्दगानी…, आई लभ यु सेन्टेरेम…गीतहरु चर्चित छन् भने दर्जन बढी चलचित्रमा अभिनय पनि गरिसकेका छन् । यस्तै गायक÷संगीतकार भुवन सुप्तिहाङको आइडी छ कि छैन बैनी…, आउँदो रै’छ जिन्दगीमा …, आँसुको दाग यो…, ताप्लेजुङको पाथीभरा.. लगायतको गीत सार्वजनिक गरिसकेका छन् । यता गायक विनोद राई नेपाली तार सिजन ३ बाट परिचित बनेका गायक हुन् । उनले ‘पारा’गीति एल्वम सार्वजनिक गर्नुका साथै आलै छ…., सिरानीमा तिम्रो मेरो.., सेवारो ठूली… भिज्ला कतै परेली बोलका गीतहरुको भिडियो सार्वजनिक गरिसकेका छन् ।
राई समुदायको संस्कृति प्रवद्धन गर्ने मुख्य हेतुले केआरएसएले किराँत राईहरूको महान् चाड उधौली र उभौली पर्वको अवसर पारेर हरेक वर्ष विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । सुम्निमा साँझ–१० मा किराँत राईहरूको साँस्कृतिक कार्यक्रम त हुने नै छ आयोजक समितिकी संयोजक निला राईले उत्साहित हुँदै भनिन्–‘दर्शक र माहौल तताउन तथा न्यू योर्कवासी नेपालीलाई नयाँ स्वाद चखाउनका लागि हालसम्म प्रस्तुति नदिएका हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा), गायकद्वय भुवन सुप्तीहाङ र विनोद राईले आफ्नो बेजोड प्रस्तुति राख्नेछन् ।’
तक्मेले सुम्निमा साँझ–१० मा सहभागी हुने भन्दै सबैलाई निम्तो गरेर यु(ट्युबमा प्रोमो नै सार्वजनिक गरिसकेका छन् । सो कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न व्यापक तयारी भइरहेको संयोजक राईले टेलिफोन सम्पर्कमा जानकारी दिइन् । केआरएसए न्यु योर्क च्याप्टरकी अध्यक्ष भारती राईले सुम्निमा साँझ राईहरूको मात्र नभएर न्यु योर्कमा बस्ने सबै नेपालीहरूको साझा कार्यक्रमका रूपमा स्थापित भएको सुनाइन् ।

सम्बन्धित खवर