आज उपाधि रक्षाका लागि पान्थर र झापा भिड्दै - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

आज उपाधि रक्षाका लागि पान्थर र झापा भिड्दै

मंसिर १६
साइनो समचारदाता
इलाम । इलामको माङसेबुङमा जारी ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा सयपत्री सर्वाेत्तममुखी यासोक पान्थर र बुद्ध स्पोट्र्स क्लब चन्द्रगढी झापा भिड्ने भएका छन् । विहीबार भएको अन्तिम सेमीफाइनलमा विदेशी पाहुना टिम जलपाईगुडी एफसी भारतलाई २–० ले पराजित गर्दै यासोक पाँचथरले फाइनलको यात्रा पक्का गरेको हो भने बुधबार भएको सेमीफाइनलमा पाहुना टोली एसएस क्लब काठमाडौंलाई ३–२ को संघषपूर्ण जित निकाल्दै चन्द्रगढी झापा उपाधि नजिक पुगेका हो ।
माङसेबुङ ५ स्थित माङसेबुङ खेल मैदानमा मंसिर १७ सोमबार (आज) आमुने सामुन्ने हुदैछन् । प्रतियोगिताको विजेताले नगद एक लाख ८ हजार ६५ रुपैयाँ तथा उपविजेताले नगद ७५ हजार ६५ रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता, उत्कृठ खेलाडी, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल किपरले नगद ८÷८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ८ मंसिरदेखि संचालित प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा, काठमाडौं र भारतका गरी ८ टिमको सहभागीता थियो ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आत्मानन्द गोल्डकपको ११ औं संस्करण प्रतियोगिता आयोजना गरिएको हो । २०६५ सालदेखि आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा सुरु भएको बर्सेनि ‘आत्मानन्द गोल्डकप’ को आयोजना गरिदैं आएको छ । २०६५ सालमा पकलिराम बाझो, २०६६ सालमा पकलिराम, २०६७ सालमा बीबीएफसी दमक, २०६८ सालमा एफसी पान्थर, २०६९ सालमा बीबीएफसी सिक्तेम्बा पान्थर, २०७० सालमा बीबीएफसी सिक्ेतम्बा, २०७१ सालमा केएफके माइधार झापा, २०७२ सालमा बाझो खेलकुद समिति, २०७३ सालमा सयपत्री सर्वाेत्तममुखी यासोक पान्थर, २०७४ सालमा सयपत्री सर्वाेत्तममुखी यासोक पान्थरले गोल्डकपको उपाधि जितको थियो ।

सम्बन्धित खवर