मंसिर पन्ध्रमा...’ बोलको गीत सार्बजनिक - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

मंसिर पन्ध्रमा…’ बोलको गीत सार्बजनिक


मंसिर १५ गते
साइनो समचारदाता
पथरी । नेपाली कथानक चलचित्र पुरानो बुलेटको ‘मंसिर पन्ध्रमा…’ बोलको गीत सार्बजनिक भएको छ ।
उत्तम जंग लिम्बु र मेलिना राईको स्वरमा सजिएको गीतमा भिषण राईले निर्देशन गरेका छन् । प्रसान्त तामाङ्गको कोरियोक्राफी रहेको गीतलाई हरी घलेले छायाङ्कन गरेका छन् । राम भट्टराईको शब्दमा रहेको गीतमा अनुप बिक्रम शाही र वर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ । अशोककुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बुको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता सन्तोष राई रहेका छन् ।

चलचित्रमा अनुप र बर्षासँगै माला लिम्बु, कृष्णभक्त मर्हजन, कविता आले, शिव मुखिया, बारत लिम्बु, बादल श्रेष्ठ, करन धिताल, मातृका पौडेल ,शिरोमणी दवाडी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । भने यस चलचित्रको रिलिजडेट चैत १ गते यानिकी चैते दशैको अवशरमा देशभर एकैसाथ प्रदशनमा आउने निमार्ण पक्षंले बताए ।

सम्बन्धित खवर