मंसिर ८
साइनो समचारदाता
यूएई । आबुधाबीमा भएको विनर कप अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपालले ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित कुल ९ पदक जितेर दोस्रो भएको छ ।
शुक्रबार भएको विभिन्न ४ तौल समूहका नेपाली खेलाडीले पदक दिलाएका हुन् । ५० केजी तौल समूहमा भारतका सुजित वैताल पहिलो,े नेपालका मानबहादुर लिम्बू दोस्रो, ५५ केजी तौल समूहमा लक्ष्मण थापा मगर पहिलो र उत्तम गुरुङ दोस्रो, ६० केजी तौल समूहमा उत्तम गुरुङले दोस्रो स्थान हात पारेका थिए । ७५ केजी तौल समूहमा शेखर श्रेष्ठले फिलिपिन्सका रनिल डि लुनालाई पछि पार्दै पहिलो, कातातर्फ रामु सुनुवारले दोस्रो स्थान हात पारे । प्रतियोगितामा नेपालसहित भारत, फिलिपिन्स, हंगेरी, मोरक्को, ओमान र यूएईका टिमको सहभागिता थियो । नेपालको तर्फबाट अफिसियल दीपराज नेयोङ्हाङ, विष्णु भण्डारी, टिम कोच राजु तामाङ र टिम म्यानेजर राजेश लामाले उपस्थिति जनाएका थिए ।