दिवाकर रिजाल
न त यो सायरी
न त यो कविता
न यो ठट्यौली
पक्का छ यथार्थता
बाच्ने इच्छा जति सुकै भए पनि
व्यथित जीवन छोटो लाग्छ
जतिसुकै ठूला महलामा
यो शरिर हुर्काएपनि
एक दिन चितामा बस्न बाध्य छ
त्यसैले त म भन्छु मित्र
तिमीसँग राम्रो खेल
खेल्न नपाउँदै
सम्झनाको लागि
कृति राख्न नपाउँदै
विदा हुन्छन् कयौं
मित्रहरु आँशु खसाउँदै
चिनो दिएर जाउ मित्र
हात हल्लाई खुशी हुँदै
पथरीशनिश्चरे–९, पुलचोक मोरङ