दिवाकार रिजाल
कला बाचि ह्दयमा
साहित्य झल्की कापीमा
विकास हुदैछ कहाँ
गोजीगोजीमा
हैन बरु
मल लगाउ बाच्न खोज्नेलाई
फुल्न देउ कोपिलालाई
च्याति देउ विकास बोक्ने गोजीलाई
छरि देउ भूमिमा नक्साका निर्माणलाई
स्वतन्त्र बोल्न देउ, शिक्षा दिने बोलीलाई
नैरास्यता पैदा नगराइदेउ
प्रत्येक प्रगतिका बाटाहरुलाई
अनि त
जुन समय हाँसो गुन्जन्छ
त्यस बेला सन्देश फुरेको हुन्छ
जब मुस्कान छरिन्छ
प्रश्न त्यहा उब्जिएको हुन्छ
कला साहित्य किन?
पथरीशनिश्चरे–९, पुलचोक मोरङ