नेताहरुकै कारण भ्रष्टाचार ः नेता नेपाल - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

नेताहरुकै कारण भ्रष्टाचार ः नेता नेपाल

दाङ । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेताहरुकै कारण भ्रष्टाचार मौलाएको दाबी गरेका छन् । उनले भ्रष्टचार रोक्न सरकारलाई कदम चाल्नपर्ने बताए ।
दाङको घोराहीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले भ्रष्ट कर्मचारीहरुलाई नेताहरुले संरक्षण गरेका कारण देशमा सुशासन स्थापना गर्न कठिन भएको बताए । ‘यहाँ कर्मचारीहरुलाई अनेक वाहना गरेर पैसा खाने बानी लागेको छ । पैसा नपाई यताको फाइल उता नसार्ने प्रवृत्ति छ । उनीहरु एक्लै त्यस्तो गर्न सक्दैनन ।,’ उनले भने, ‘राजनीतिक नेताहरुबाट संरक्षित नभएसम्म कर्मचारी एक्लैले यस्तो गर्न आँट गर्दैनन्। भ्रष्टाचारीलाई नेताहरुको संरक्षण छ । देश बिग्रेको भ्रष्टाचार र देशभक्तीको भावनाको कमीले हो ।’
कर्मचारीले काम नगरेका कारण कानून निर्माण र कार्यान्वयनमा ढिला भएको उनले बताए । ‘कर्मचारीहरु अल्छी छन । काम राम्ररी गर्दैनन ।,’ उनले भने,‘त्यस्ता गलत कामलाई नेताहरुले संरक्षण गर्ने विकृति छ ।’ भ्रष्टाचार रोक्न सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए ।

सम्बन्धित खवर