विहिबारदेखि साफ यू–१५ च्याम्पियनसिप - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

विहिबारदेखि साफ यू–१५ च्याम्पियनसिप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोमा बिहीबार देखि साफ यू–१५ च्याम्पियनसिप हुदैछ । एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार पाकिस्तान, भुटान, माल्दिभ्स, भारत र बंगलादेशको टिम काठमाडौं ओर्लिसकेका छन् । सहभागी टिमहरूले सशस्त्र प्रहरी बलको हल्चोक मैदान र मध्यपुर युथ एसोसिएसनको सानो ठिमीस्थित मैदानमा प्रशिक्षण गर्नेछन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिता आयोजनाका लागि एन्फालाई एक करोड ६५ लाख ५२ हजार रुपैयाँ (१ लाख ४० हजार अमेरिकी डलर) उपलब्ध गराएको जनाइएको छ । लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपमा ६ देश सहभागी छन् । आयोजक नेपालसहित बंगलादेश र माल्दिभ्स समूह ‘ए’ मा छन् भने अर्काे समूह ‘बी’ मा भारत, भुटान र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा छनोट हुनेछन् ।
नेपाली टिममा झन्डै दुई वर्षयता एन्फा एकेडेमीमा रहेर प्रशिक्षण गरेका खेलाडीको वर्चस्व रहेकाले उत्कृष्ट प्रद्धर्शन गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले भनेका छन् । उलने भने, ‘खुला छनोटमार्फत् दुई साताअघि एकेडेमीबाहिरका उत्कृष्ट ५ खेलाडी थपिएका छन् ।’ सनोज श्रेष्ठ मुख्य प्रशिक्षक रहेको टिममा उनका सहायक छन् राकेश श्रेष्ठ छ । मनिष तिम््िसना गोलकिपिङ प्रशिक्षकका रूपमा रहेका छन् ।

सम्बन्धित खवर