नेपाल र थाइल्यान्डका महिलाको भिडन्त - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, जेठ १३, २०८१

नेपाल र थाइल्यान्डका महिलाको भिडन्त

काठमाडौँ । एएफसी यू–१९ महिला च्याम्पियनसिप २०१९ को छनोट लागि नेपालले थाइल्यान्डको सामना गर्दैछ । बंैककमा बुधबार आयोजक थाइल्यान्डविरुद्ध पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो ।
आयोजकको रूपमा थाइल्यान्डले प्रवेश पाइसकेकाले प्रतिष्ठाको खेलमै छनोट सीमित हुनेछ । नेपाली यू–१९ टिमका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले दोस्रो चरणमा प्रवेश गर्ने उद्देश्यको साथ प्रतियोगिता खेल्ने बताए । उनले भने, ‘थाइल्यान्ड धेरै बलियो टिम हो । त्यसैले थाईविरुद्ध हामी बराबरीका लागि खेल्नेछौं ।’ मंगलबार बैंककमा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले भने, ‘डिफेन्समा ध्यान दिएर काउन्टर अट्याकमा अगाडि बढ्ने छौं ।’

एक्लो फरवार्डका रूपमा रेखा पौडेललाई मैदानमा उतार्ने योजना पनि उनले सुनाए । राष्ट्रिय टोलीका तीन खेलाडी गोलकिपर अन्जना रानामगर, मिडफिल्डर मन्जली योन्जन र विंगर सरु लिम्बुको साथ टिममा रहनेछन् । सरु यू–१९ की कप्तान पनि हुन् । अनुभवी यी तीन खेलाडीको प्रदर्शनको थाइल्यान्ड आयोजकका रूपमा छनोट भइसकेकाले दोस्रो चरणमा पुग्ने राम्रो अवसर उनले बताए । त्यसका लागि भारतविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ ।’ छनोटको समूह ‘बी’ मा थाइल्यान्ड, भारत, पाकिस्तान र नेपाल छन । ६ समूहका विजेतासँगै दुई उपविजेता पनि दोस्रो चरणमा प्रवेश गर्नेछन नेपाल साफ यू–१८ महिला च्याम्पियनसिपको उपविजेता पनि हो ।
थाई प्रशिक्षक अरुण तुलवातानान्गुलका अनुसार डेढ महिना तयारी गर्ने क्रममा थाई टिमले चीनमा १० दिन अभ्यास गरेको थियो ।

सम्बन्धित खवर