रेडस्टार गोल्डकप फाइनल खेलमा रेड स्टार र माङमालुङ आमुन्ने सामुन्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, फागुन १३, २०८०

रेडस्टार गोल्डकप फाइनल खेलमा रेड स्टार र माङमालुङ आमुन्ने सामुन्ने

इलाम । इलामको माङसेबुङ २ स्थित इभाङमा जारी दोश्रो रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको सेमी फाइनल खेल भएको छ । फाइनल सोमबार आज हुदैछ ।
आयोजक रेड स्टार क्लब माङसेबुङ र माङमालुङ फूटबल क्लब आइतबार भएको सेमिफाइनलमा प्रतिष्पर्धीलाई पराजित गर्दै फाइनल खेल खेल्ने भएको हो ।

पहिलो सेमीफाइनलमा सिक्तेम्बा फूटबल क्लब मिक्लाजुङ पाँचथर विरुद्ध २–० को अन्तरले आयोजक रेडस्टार उपाधि नजिक पुगेको हो । जितका लागि सुमन श्रेष्ठ र युवराज राईको गोल सहायता बन्यो । पहिलो हाफमा नै अग्रता लिएको आयोजकले दोश्रो हाफमा अग्रता दोब्बर बनाउँदै जित निश्चित गरेको थियो । सुरुवातदेखि नै दवदवा कायम गर्न सफल आयोजकले पहिलो हाफको सातौं मिनेटमा नै अग्रता लिएको थियो । आयोजकले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले टिमलाई अग्रता दिलाए । सिक्तेम्बाका खेलाडीले पेनाल्टी एरियामा फाउल बनाएपछि आयोजकले पेनाल्टी पाएको थियो ।

दोश्रो हाफमा समेत आयोजकले आक्रमक रणनीति लियो । सिक्तेम्बालाई दवावमा राखेको आयोजकले दोश्रो हाफको पाँचौ मिनेटमा पुनः गोल गर्याे । सिक्तेम्बाका कमजोर रक्षपंतीको फाईदा उठाउँदै आयोजकका युवराज राईले सोझै जाली चुमाए ।

यता सिक्तेम्बाले पनि गोल गर्ने केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । आफूले पाएको आधा दर्जन सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा सिक्तेम्बा उपाधि चुम्ने सपना चकनाचुर पार्दै घर फर्कन बाध्य बन्यो । क्र्वाटरफाइनलमा आयोजकले भोटेडाँडा फूटबल क्लबलाई रोक्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सिक्तेम्बाले प्रगतिशील युवाक्लब एकतप्पालाई घर फर्काएको थियो ।

आइतबार नै भएको दोश्रो तथा अन्तिम सेमीफाइनलमा उपाधिका लागि बलियो दाबेदार मानिएको जडिबुटि फूटबल क्लब पाँचथरलाई पाखा लगाउँदै माङमालुङ फूटबल क्लबले फाइनलको यात्रा तय गरेको छ । जडिबुटी विरुद्ध ३–१ को जित निकालेको थियो । पहिलो हाफमा १ गोलको अग्रता लिएको माङमालुङले दोश्रो हाफमा थप २ गोल गर्न सफल बन्यो । पहिलो हाफको २७ औं मिनेटमा माङमालुङका अरुण राईले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए । दोश्रो हाफको १४ औं मिनेटमा माङमालुङका राजु बुढाथोकीले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसको दुई मिनेट पनि बित्न नपाउँदै १६ औं मिनेटमा पुनः माङमालुङका मनकुमार राईले गोल गरी टिमलाई तेब्बर बनाए । यता जडिबुटिले भने २४ औं मिनेटमा एकमात्र सान्तवना गोल फर्काउन सफल बन्यो । जडिबुटिका सुदिप राईले सान्तवना गोल फर्काएका थिए । खेलको उत्तरार्धमा जटिबुटि खेलमा फर्कन कोसिस गरेपनि गोल गर्न नसकेपछि उपाधिको अर्काे दावेदार टिम सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो । क्र्वाटरफाइनलमा माङमालुङले सुनुयुमा फूटबल क्लबलाई र जडिबुटिले माङसेबुङ २ लाई पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको थियो ।

रेडस्टार क्लब माङसेबुङ गाउँपालिका २ इभाङको आयोजनामा २९ असोजदेखि सञ्चालित इलाम र पाँचथरका २२ टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन ।

सम्बन्धित खवर