अक्टुबर २४ देखि २८ तारीखसम्म थाइलेण्डमा एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौट खेल हुदैछ । नेपाली टोली सोमबार थाइल्याण्ड गरेको छ । छनौट प्रतियोगितामा सहभागी कुल २४ टोलीलाई ६ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष स्थान हासिल गर्ने समूह विजेता टोली र उत्कृष्ट दुई उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा भिड्ने ८ टोलीहरुलाई दुई समूहमा विभाजन गरिनेछ ।
ती दुई समूहबाट शिर्ष दुई स्थान हासिल गर्ने टोली आगामी बर्ष थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपका लागि छनौट हुनेछन् । आयोजक थाइल्याण्ड, चीन, जापान र उत्तर कोरिया भने यसअघि नै अन्तिम चरणका लागि छनौट भईसकेका छन् ।
प्रतियोगिताको खेलाडीहरुलाई आइतबार नेपाली यु–१९ महिला फुटबल टोली बिदाई गरिएको थियो । ललितपुर स्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित बिदाई कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य पदाधिकारीहरुले यु–१९ महिला टोलीको बिदाई गरे ।