काठमाडौं । नेपाली फुटबल प्रद्धर्शन खक्कदो रहेको फिफाले जनाएको छ । तर दक्षिण एसियाली मुलुकहरुको दाँजोमा भने दोस्रो स्थान परेको छ । विश्व वरियताको ५९ औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । नेपाली राष्ट्रिय महिला फुटबल टोली फिफाको विश्व वरियतामा ६ स्थान तल झर्दै १०८ औं स्थानमा पुगेको छ ।
१२६ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ तेस्रो स्थानमा रहँदा १३३ औं स्थानमा रहेको अफगानिस्तान सार्क राष्ट्रतर्फ चौथो स्थानमा छ । त्यसैगरी श्रीलंका, पाकिस्तान, भुटान र बंगलादेश भने वरियता विहीन छन् ।
विश्व वरियताको शिर्ष स्थानमा भने अमेरिका, जर्मनी दोस्रो, इङल्याण्ड तेस्रो स्थान कब्जा गरेको छ ।