दोस्रो भिडियो सार्वजनिक - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

दोस्रो भिडियो सार्वजनिक

पथरी । सञ्चारकर्मी मुहासिं थापा मगरद्वारा निर्देशित दोस्रो म्युजिक भिडियो ‘नयाँ वर्षको नयाँ उमंगले’ सार्वजनिक भएको छ ।
नेपाल आईडियलका प्रतिस्पर्धीक सिद्धान्त खड््काको शब्द र संगीतमा स्वंयम्् खड््का र नन्दु गुरुङले स्वर दिएका छन्् । उक्त गीतमा पदम योगी र पूर्व मिस कलेज नेसनल रुषा न्यौपाने र नृत्य निर्देशक जीवन बि।क।को नृत्य हेर्न सकिन्छ ।
नाचै नाचै लाग्ने संगित रहेको उक्त गीतको भिडियो दमक, पथरी र उर्लावारीमा छायाँकन गरिएको सह–निर्देशक प्रविण कोइरालाले बताए ।
स्मरण रहोस्् उक्त म्युजिक भिडियो रुद्री योगीको निर्माण तथा मुहा क्रिएटिभ स्टुडियोको ब्यानरमा बनेको हो । दुई साता अघि मगरले मेरो मनमा तिमी बोलको गीत निर्देशित गरेका थिए ।

सम्बन्धित खवर