दमक । झापाको दमकमा गीतकार प्रविण खपाङ्गीको ‘मुटु दिएर’ गीतिएल्बम लोकार्पण भएको छ । शब्दखिम दमकले बुधबार झापाको दमकमा कार्यक्रमको आयोजना गरि लोकार्पण गरेको हो ।
बरिष्ट गीतकार शिव शंकर थापाको प्रमुख आतिथ्यतामा तथा शब्दखिम दमकका संयोजक कवि तथा साहित्यकार विराठ किरातीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार प्रकाश बुढाथोकी, याम थुलुङ्ग, विवश बलिभद्र, सुन्दर कुरुप, राजकुमार अनिश्चित, कृष्ण घिमिरे लगायत अन्य कवि तथा संगीत श्रोताहरुको उपस्थिति रहेको थियो ।
एक्सप्रे मल्टिमिडियाको प्रस्तुती ‘मुटु दिएर’ आधुनिक नेपाली गीतीएल्बममा स्वर, संगीत कुबेर नेपाली र प्रविण खपाङ्गिको शब्द रहेको छ । कार्यक्रममा विमोचित गीतिएल्बममा रहेका विभिन्न गीतहरु गायक कुबेर नेपालीले प्रस्तुत गरेका थिए ।
मुटु दिएर केवल पीडा पाए
साथ दिएर साहारा दिएर ‘‘‘।
नखानु पानी छोएको मैले
त्यो तिम्रै भुल हो ‘‘‘‘।
मेरा सारा रात अचेल
रात जस्तै हुन छाडे ‘‘‘।।
जस्ता गीतहरु गाएर गायक कुवेर नेपालीले दर्शकश्रोताको मन जितेका थिए । कार्यक्रम सञ्चालन कवि तथा साहित्यकार जीतेन मुस्काने सञ्चालन गरेको थियो भने स्वागत मन्तव्य पवन चाम्लिङले राखेका थिए ।