देव गुरुङकोदर्शै तिहार गीत सार्वजनिक भिडियो सहित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

देव गुरुङकोदर्शै तिहार गीत सार्वजनिक भिडियो सहित

गायक तथा संगीतकार देव गुरुङको ‘गाउँ जाने सुन बिर्षे दाई…, बोलको नयाँ गीत सार्वजनिक भएको छ । हिन्दु समुदायको चाड दशैं तिहार सम्बन्धि रहेको यो गीत पर्देशी छोराले घरमा खवर पठाएर कथासँग सम्बन्धीत छ । पर्देशिएका छोराछोरीलाई चाड पर्वमा आमा बाबुले घरमा नसम्झने कुरै भएन । गीत मार्फत गायक गुरूङ भन्छन ‘‘गाउँ जाने सुन बिर्षे दाई, सन्चै छ है भन्दिन, बावाले सोधे आमाले सोधे चाडै आउँछ घर भन्दिनु ।’

चाडमा चाँडै घर नपुग्दा घरमा रहेका परिवार र पर्देशमा स्वयम छोराले खेप्नु परेको पीडा बोधसहितको गीत निक्कै मार्मिक छ । गुरूङ गीत मार्फत थप्छन ‘दाईले सोधे दशैंमा आशिस थाप्न आउछ भन्दिनु, बैनिले सोधे तिहारमा मखमाली उन्नु भन्दिनु ।’ भर्खरै भिडियो सार्वजनिक भएको यो गीतको शब्द, संगीत र स्वर देव गुरुङ आफ्नै हो । काठमाडौंको आर.बी.स्टुडियोमा रेकर्ड भएको गीतको एरेञ्ज भने चन्दु गोर्खालीले गरेका छन् । दशैंतिहार जस्तो चाडमा समयमै घर नपुग्दा छिमेकी बिर्षे मार्फत खवर पाइएको सन्देश निक्कै नै मिठो भाकामा प्रस्तुत भएको छ । गीतसँग कथा मिल्ने परिवारलाई भाव विभोर बनाउन सक्छ । देव गुरुङ मोरङको पथरीशनिश्चरे—१ स्थित पथरीका स्थायी बासिन्दा हुन् । उपत्यका बाहिर बसेर निक्कै लामो समयदेखि संगीतिक क्षेत्रमा निरन्तर लागिरहेका व्यक्ति हुन् गुरुङ । उहाँको ‘बिकम बारुलै’ एल्बमको गीत ‘सानोमा ढुङ्गा ओल्टाइ र पल्टाइ ठूलोलाई गल लाउला, बालखैदेखि पालेको केश बैसैमा हल्लाउला…, बोलको गीत दर्शक श्रोताले निक्कैनै रुचाएको थियो । निर्माणाधिन ‘पथरीशनिश्चरे’ नगरपालिकाको नगर गीतको संगीत देव गुरुङले नै भरेका छन । अमिर राईको एल्बम ‘शन्दर्भ’को छ वटा गीतमा संगीत तथा दुई वटा शब्द उहाँकै रहेको छ । एक समय निक्कै चर्चामा आएको गायक विनोद राईको ‘माझि दाई…, बोलको गीतको शब्द÷संगित गुरूङकै रहेको छ । मोरङका युवा गायकहरूको संयुक्त एल्बम ‘जमर्को’मा गुरुङले पनि गीत तथा संगीत भरेका छन् । चर्चित गायिका मेलिना राईको स्वरमा रहेको केही गीतमा संगीत भरेका गायक तथा संगीतकार गुरुङ पछिल्लो समयमा गीत÷गंगीतमा व्यस्त बन्दै गएका छन् ।

भिडियो सहित

सम्बन्धित खवर