विराटनगर । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा कार्तिक २७ गते ‘म्यूजिकल फेस्ट’ हुने भएको छ । विराटनगर–१ शान्ति चौकमा चौथो संस्करण अन्तरगत सांगीतिक कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा चर्चित ब्याण्ड र युवाहरूको लोकप्रिय गायकको साथमा सांगीतिक कार्यक्रम हुने भएको छ । स्थानीय युवाहरूको आयोजनामा हुन लागेको कार्यक्रम पत्रकार गरी जानकारी गराएका हुन् ।
कार्यक्रममा चर्चित र्यापर आशिष राना (लाहुरे), स्मृति ब्याण्ड, ग्रिन लेफ ब्यण्डको प्रस्तुति रहेने कार्यक्रम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए । धरानमा रहेको गरिमा डान्स सेन्टरका कलाकाहरूले समेत नृत्य प्रस्तुत गरि थप मनोरञ्जन प्रदान गर्ने बताइएको छ ।