‘कालो आकाश काल्पनिक उपन्यास होइन।’ - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

‘कालो आकाश काल्पनिक उपन्यास होइन।’

इक्साहाङ चेम्जोङ, (उपन्यासकार)

इक्साहाङ चेम्जोङ, उपन्यासकार हुन् । २०६० सालमा ‘अनर्थ प्रेम’ उपन्यास प्रकाशित गरेका चेम्जोङले १४ वर्षपछि ‘कालो आकास’ उपन्यास बजारमा आएको छ । जसको चर्चा चुलिदो छ । ‘थकित पाइला’ नाटकको लेखन तथा निर्देशन गरेका उनको ‘सोल्टिनी हजुर…’ लगायत आधा दर्जन गीत रेकर्ड भएको छ ।

कस्को प्रेरणाले साहित्य क्षेत्रमा लाग्नुभयो ?
गाउँघरमा दुःख पीडा हुन्थ्यो । त्यतिखेर मनमनै सोच्थें । लेख्ने सक्ने भएर कागजमा उतारेर दुनियालाई पोखाउछु भनेर अगाडिदेखि लागेको थियो । त्यसैको आधारमा लेख्न सुरु गरेको हुँ ।

२०७५ मंसिर १४ गते ‘कालो आकास’ उपन्यास विमोचन गर्नुभयो । खासमा यो कस्तो कृति हो ?
वास्तबमा ‘कालो आकास’ सामाजिक उपन्यास अलिक अगाडिको द्वन्द्वकालिन अवस्थामा गाउँघरमा कस्तो प्रभाव पर्यो ? राज्य पक्ष र विद्रोही पक्षबीच कस्तो समस्या देखा पर्यो ? यसलाई संक्षिप्त रुपमा उठान गर्न खोजेको छु ।

द्वन्द्वकालको चित्रण गरेर खेल्नु भएको उपन्यास, लेख्न कति समय लाग्यो ?
यो लेख्दा म गाउँमा नै थे । प्रत्यक्ष भोगे । अनेक समस्या थे, आइपरे । जसलाई मैले कन्सेप बनाइसकेको थें । सोच्दासोच्दै उपन्यास बनाए । ४÷५ महिना लाग्यो ।

तपाईको उपन्यास पढ्दा पान्थरका केही गाउँहरुको दुष्यहरु समेटिएर कथा बनाउनुभएको छ । के यो सत्य घटना आधारित छ ?
मैले लेखेको गाउँठाउको भुगोललाई तोकेको छु । यो काल्पनिक होइन । कतिपय पात्रहरु भेटे । कतिपय पात्र सृङ्गार, सौन्दर्यको पक्षमा लेखेको छु । सुनेको÷देखेको कुरालाई जोडेर उपन्यास बनाएको हुँ ।

प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
यो उपन्यास पुरानो तरिका भयो । तर पनि शब्द, सरल भएको हुनाले एकदम राम्रो भएको छ भनेर प्रतिक्रिया पाइरहेको छु ।

तपाईको पहिलो कृति ‘अनर्थ प्रेम’ कस्तो खाल्को उपन्यास थियो ?
त्यतिबेला म अल्लारेबल्लारे थिए । माया प्रेम, वियोगान्त घाउघरको घटनालाई समेटिएर प्रेममा आधारित उपन्यास हो । गाउँघर आफन्न, पाठबहरुबाट राम्रो प्रतिक्रिया पाएको पाएँ ।

अब के गर्ने योजनामा हुनुहुन्छ ?
पाठकहरुले तपाई आख्यान नै लेख्नुहोस् भनेर, अर्को उपन्यास पढ्न पाउ भन्नु भएको छ । यसैले गर्दा उपन्यास नै लेख्दैछु । १ वर्ष भित्र वजारमा ल्याउछु ।

कस्तो उपन्यास तयार गर्दै हुनुहुन्छ ?
नाम जुरिसकेको छ । यस्तै किसिमको छ भनेर नभनौं । मुन्धुमी मिथकमा आधारित छ ।

लेखेर बाच्ने स्थिति छ ?
एकदुई जना बाचेको होला । म यसैबाट बाचेर भविष्य बनाउछु भन्ने छैन । तर पनि मेरो मनमा आएका भावनाहरुलाई कागमा उतार्न खोजेको हुँ । साहित्यबाट जिन्दगी उज्वल पार्छु भन्ने छैन ।

कुन साहित्यकारबाट प्रभावित हुनुहन्छ ?
पछिल्लो समयमा पहिचान पक्षबाट जसले साहित्य सिर्जना र्छ । म वहाहरुबाट नै प्रभावित छु ।

पहिचान पक्षधर लेखकहरु थोरै मात्र छन नि?
साहित्या पनि राजनीतिकरण भैरहेको छ । बरिष्ट साहित्यकारहरुले साहित्य र राजनीति एक सिक्काका दुई पाटा हो भन्नु भएको छ । नेताहरु पनि धेरै साहित्यकार नै हुन्छन् । हामीले स्पष्ट पहिचान बुझेका छैनांै । पहिचान, पहिचाान मात्र भनिरहेका छौं । जब बुझ्छौ, पहिचान स्थापित हुन्छ । धेरैले पहिचान नबुझिरहेको अवस्थामा साहित्य सिर्जना गर्दा नबुझेका विषयमा अध्ययन उनीहरुले गर्दैनन् । त्यहि भएर कमी भएको हो ।

तपाईको पाठकहरुलाई के भन्नुहुन्छ ?
पाठकहरुले राम्रो सल्लाह सुझाब दिनुभएको छ । मेरो सधै सिर्जनाहरु खोज्नु भएको छ । तपाईहरुलाई हार्दिक धन्यबाद । मेरो आउदो उपन्यासलाई पनि माया दिनुस् ।

–प्रस्तुति फिपराज बेघा

सम्बन्धित खवर