शाहरुख खान तथा कालोज अभिनित चलचित्र दिलवालें दुल्हनिया ले जायेंगेुले नियमित सार्वजनिक प्रदर्शनको १२ सय हप्ता पूरा गरेको छ ।
शाहरुख र काजोलको ट्वीटर स्टाटर्सले उनिहरुका फ्यानमा “दिलवालें दुल्हनिया ले जायेंगे” फिल्मले अझ बढि चर्चा पाएको छ । कस्तो रहेछ भनेर नया पुस्तामा कैतुहल्ताले यूटुवमा फिल्म राम्रो चलेको देखिन्छ ।
उत्त फिल्मले बुधबार मुम्बईंस्थित मराठा मन्दिरमा प्रदर्शनको १२ सय हप्ता अर्थात २३ वर्ष पूरा गरेको हो ।
सन् १९९५ मा रिलिज भएको फिल्मले २३ वर्ष पूरा गरेपछि फिमका मूख्य अभिनेता शाहरूख खानले ट्वीटरबार सबैलाई आभार व्यक्त गरेका छन ।
२३ वर्ष अगाडी सुरू भएको यो यात्रा आज पनि जारी छ । तपाईहरूको मायाले राज तथा सिमरनको प्रेमलाई ठूलो पर्दामा १२०० सातासम्म जीवित राखेको छ । यतिका वर्ष हामीलाई बिनासर्त माया गरेकोमा धन्यवाद । डिडिएलजेको २३ वर्ष…., शाहरूखले ट्वीटरमा लेखेका छन ।
त्यसैगरी सो फिल्म सिमरनुको भूमिकामा अभिनय गरेकी नायिका काजोलले पनि ट्वीटरबाट धन्यवाद दिएकी छन ।
१२०० साता पूरा भयो र यो अझै जारी छ । डिडिएलजेलाई यतिका वर्षसम्म माया दिएकोमा धन्यवाद । डिडिएलजे कयौं वर्षदेखी हामीका लागि त्यही थियो, त्यही छ र हमेशा एउटा खास फिल्म रहनेछ, काजोलको ट्वीटरमा लेखिएको छ ।
यस फिल्मलाई आदित्य चोपडाले निर्देशन गरेका हुन भने
यो फिल्म भारतित फिल्म इतिहासमा सर्वाधिक हप्ता सम्म चलेको फिल्म रहेको छ । फिल्म सन् १९९५ अक्टुबरमा २० रिलिज भएको थियो ।