भारत पराजित, पाकिस्तान विजयी - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

भारत पराजित, पाकिस्तान विजयी

काठमाडौ । साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घघाट्न बी समूहको खेलमा पाकिस्तान विजयी भएको छ । विहान ११ः३० मा सुरु भएको खेलमा पाकिस्तानले बलियो टिम मानिएको भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा भएको खेलमा ३१ औं मिनेटमा पाकिस्तानका अदनान जस्टिनले पलिो गोल गरे । खेलको ५३ औं मिनेटमा भारतका थालाचुईले गोल गर्दै स्पर्धीसँग समान हैसियतमा टिमलाई उभ्याए । खेलको अन्तिम तिर गेम सकिन ५ मिनेट बाँकी छँदा पाकिस्तानका वासिफले मैदान छिरेको दोस्रो मिनेटमै गोल गर्दै पाकिस्तानलाई जित दिलाए । मैदान छिरेको दोस्रो मिनेटमै उनले गोल गरेका थिए ।

सम्बन्धित खवर