समूह बी मा रहेको नेपालले थाइल्याण्डसँग बुधबार तीन गोल अन्तरले पराजित भएको छ ।
बुधबारदेखि शुरु एएफसी यु–१९ महिला च्याम्पियनसप छनौटतर्फ पहिलो खेलमै नेपालले हार बेहोरेको छ ।
आयोजक थाइल्याण्डसँग चोनबुरी स्टेडियममा सम्पन्न खेलको शुरुवात मै दुई गोल खायो । अब नेपालले शुक्रबार चिरप्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । बुधबार नै सम्पन्न पहिलो खेलमा भारतले पाकिस्तानलाई १८–० ले हराएको थियो ।