चिनारीको वार्षिक उत्सव - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

चिनारीको वार्षिक उत्सव


साइनो समचारदाता
पथरी । चिनारी अग्रेजी बोर्डिङ स्कुल पथरीशनिश्चरे मोरङले ९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि विद्यालयले सो कार्यक्रम समपन्न गरेको हो । आयोजित कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । विद्यार्थीको चौतर्फी विकाश गराउने नयाँ शैक्षिक नितिको पालना गर्दै आयोजित कार्यक्रममा विद्यालयले कक्षा कक्षा नर्सरी देखी कक्षा ८ सम्मका विद्यार्थीहरुमा कक्षा नर्सरीका विद्यार्थीलाई वेलुन रेस, युकेजी का छात्रालाई भित्र वाहिर,कक्षा युकेजीकै छात्रलाई चकलेट रेस,कक्षा १ का छात्रा तर्फ भित्र वाहिर र भ्यागुते जम्प (फ्रग जम्प) साथै कक्षा १ कै छात्र तर्फ भ्यागुते जम्प(फ्रग जम्प) गराईएको थियो ।
कक्षा २ को छात्र÷छात्रा तर्फ चम्चा दौड,विष्कुट दौड र कक्षा ३ को छात्र÷छात्रा दुवै तर्फ तातो आलु प्रतियोगिता गराईएको थियो । त्यस्तै गरि कक्षा ४ मा छात्र÷छात्रा दुवै तर्फ भ्यागुते जम्प (फ्रग जम्प) र रनिङ रेस प्रतियोगिता गराइएको थियो । त्यसैगरि अन्य कक्षाहरुमा पनि विभिन्न खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । विजेता सवै कक्षाका पहिलो दास्रो र तेस्रो हुने विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभापति सोम नेपालले सिल्ड र मेडलले विद्यार्थीहरुलाई सम्मान गरेका थिए । साथै अभिभावक हरुलाई पनि महिला तर्फ म्युजिकल चेयर,हन्डि फुटाई र तातो आलु, भित्र वाहिर खेलाईएको थियो । भने पुरुष तर्फ तातो आलु, हन्डि फुटाई र भित्र वाहिर खेलाईएको थियो विजेता सवै अभिभावकलाई काँसको वोटुकाले विद्यालयका लगानीकर्ता विरेन साम्वाले सम्मान गरेका थिए ।
विद्यालयले यसका अलावा फु्टवल, वक्तृत्वकला, नृत्य, कविता वाचन लगाएतका कार्यक्रमहरु समावेस गरिएको थियो ।
वार्षिक रुपमा विद्यालयले अभिभावकको प्रत्यक्ष उपस्थितिमा आयोजना गर्ने यस्ता कार्यहरुले विद्यालय र अभिभावकहरुबीचको घनिष्टता बढेर जाने विद्यालयका प्रिन्सिपल गजेन्द्र सुव्वाले वताए ।

सम्बन्धित खवर