म
उदेश्य बिहिन एक मनुस्य,
गन्तव्य बिहिन एक यात्री,
गोप्यता बिहिन एक रहस्य,
प्राण बिहिन एक अहंस्य!
एक लाचार पिंजडाको पंछि,
शब्द बिहिन निर्ज्ञान एक कवि,
दसन र नखाग्र उखेलिएको शेर,
समयको पर्वाह नभएको अबेर!
सिगान झै झड्काएर मिल्काइएको फोहोर,
पखेटा काटि आजाद भएको निरिह एक मोर,
परिलोकबाट मर्त्यलोक गलत्याएकी एक परि,
युद्दले सिथिल भै करुण बिलौना गाइरहेको नगरी!
अन्धबिस्वासले दिएको एक अकल्पनीय धोका,
ब्यस्त त्यो भिडबिचमा रुमल्लिएको सुन्यता,
सत्यमा अडेर पनि पाएको एक क्रुर सजाय,
बिजयको बिगुल पश्चात्को पनि त्यो पराजय!
च्यातेर फालिएको उपन्यासको एक पाना,
राज्य र प्रजा बिहिन एक कल्पनाको राजा,
फेदको टोकेर मिल्क्याइएको रोटिको टुक्रा,
रोदन र चिच्याहटले भरिएको लाचार मौनता!
कसैले नरुचाएको अर्थहिन एक कबिता,
युद्द पश्चात् छाएको बिरक्तिदो सन्नटा,
मानव बजारमा नबिकि उभृएको एक दास,
उत्साह छाउन बिर्सेको पुर्ण उजाड र उदाश!!
















