साइनो समाचारदाता
काठमाडौं । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जानकारी अनुसार थपिएका संक्रमित मध्ये सुर्खेतका ८ जना, सल्यानका ६ जना, रुकुम पश्चिम र अछामका ४र४ जना, हुम्ला, बर्दिया, काठमाडौं र रौतहटका एकरएकजना रहेका छन् ।यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २४०२ पुगेको छ । त्यसमध्ये २०७१ जना डिस्चार्ज भइसकेका छन् । आइतबार मात्रै १३ जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म ६ जनाको भने मृत्यु भइसकेको छ ।
















