साइनो समाचारदाता
काठमाडौं । पुजारी हत्याको विरोधमा प्रदर्शन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरीएको छ । राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री राउतको राजीनामा मागेको हो । गत भदौ ३ गते राति रौतहटको माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो ।
तर सो हत्याका दोषी हालसम्म पत्ता नलागेको तथा प्रदेश सरकारले जनताको सुरक्षा दिन नसकेको भन्दै अभियानले जनकपुर, रौतहत, वीरगञ्जमा लगायतका स्थानमा विरोध प्रदर्शन गर्दै मुख्यमन्त्रीको राजीनामा मागेको हो । अभियानका रौतहट संयोजक शंकर दासले जनताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्री राउतले आफ्नो पदबाट राजिनामा दिनुपर्ने बताए ।
















