कालोमोसो दल्ने नेविसंघ मोरङ सभापति पक्राउ - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

कालोमोसो दल्ने नेविसंघ मोरङ सभापति पक्राउ

इटहरी । पुर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि मोसो दलेर दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङ जिल्ला सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।
सभापति पोखरेल लगायतले विश्वविद्यालयमा अराजकता भएको भन्दै सेवा आयोगका अध्यक्ष दाहालमाथि सुनसरीको तरहरास्थित निवासमै पुगेर दुर्व्यवहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले सभापति पोखरेललाई दुहबीबाट बुधबार बिहान पक्राउ गरेको जानकारी दिए ।आफुँ दुर्व्यवहारमा परेपछि अध्यक्ष दाहालले नेविसंघ मोरङ सभापति पोखरेललगायत नेविसंघका कार्यकर्ताविरूद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले पक्राउ परेका पोखरेलबाट अन्यको खोजी गरिरहेको डिएसपी राईले बताए ।
पक्राउ परेका पाख्रेलमाथि अभद्र व्यबहार गरेको कसुरमा म्याद थप गरी कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ । फरार रहेका अन्यको खोजी भईरहेको समेत प्रहरी जानकारी दिएको छ ।

सम्बन्धित खवर