
√दिपेन्द्र अधिकारी
बेसारमा छ चमत्कार हामीले बेसार, धनिया, करेला र पातीलाई हाम्रो नेपाल व्रान्ड बनाउन सक्छौ ।
यो मेरो लेख सम्माननीय प्रधानमन्त्रीज्यूको समर्थन या बिरोध गर्नका लागि हैन है सरी । हाम्रै जानकारी र चेतनाको लागि लेखेको हु । कमेन्टको अपेक्षा राख्दछु । किन बेसारको चर्चा यसमा भूमिका नबाधी सिधै विषय बस्तुमा जान्छु । सबैलाई थाहा भएकाले यसमा समय खर्चिन ।
बेसार र कोरोनाले हामीलाई आत्मबल दिलाएर नै होला सडक या बिभिन्न एसएनयस मा पोस्टीने जागर राखेको देखिन्छ । लगायत हाम्रै भू उत्पादनमा जैविक औसधिहरू छन् । हामीले खाने परिकार औसधि जस्तै हुन्, जसले कोरोना बिरूद्ध लड्ने शक्ती बढाउछ। नेपाली जनतालाई हौसला दिने उद्दश्यले भन्नुभएको प्रतिकृयालाई आजकल खुब सामाजिक संजालमा खिल्ली उडाईएको छ ।
मेरो एउटा सोच छ दुश्मन होस या मित्र राम्रा कुराहरू लिने नराम्रा कुराहरू तिर ध्यान नदिने । जसले मलाई पनि यसपालीको प्रधानमन्त्रीको यो सुझाव पोजेटिभली लिन पुगे । म जापानमा बस्छु । यहि बिजनेस व्यवसाय छ । यसै अन्तर्गत भ्तजलष्अ ँययम दबच संचालन गर्छु । म आफु सेफ कुक त हैन । तर मलाई बिभिन्न डिजाईन गर्न मन पर्छ । यस मध्ये फुडडिजाईन पनि मेरो चाहानाको विषय हो ।

मैले आफ्नै रेस्टुरेन्टमा बेसार खानेकुरा अचार, तरकारीलगायत धेरै प्रकारमा प्रयोग गरिरहेको हुन्छु । र पिउने कुराहरू बेसारको चिसो या तातो चिया, अरू पिउने कुराहरूमा पनि मिसाएर पिउने मेन्यु पहिलेबाट नै थियो । बिशेष गर्मी सुरू हुनु भन्दा अगाडि हरेक बर्ष तयारी गरिन्थ्यो नै । यसपाली पनि ठीक यहि समय हो । र मैले यस वर्ष अलिबढी ध्यान दिन सके किनभने हाम्रो प्रधानमन्त्रीको अभिव्यक्ति र भाईरल भईरहदाले । साथै अघिल्लो बर्षबाट बेसारको धुलो, चनाको पिठो र गाईको दुधबाट मुक कलिलो बनाउने क्रिमको लागि आयोर्बेदिक स्पेसलिस्ट संगै स्टडी गर्दै छौ पनि । अचम्मको जादु छ बेसारमा ।
खान पनि हुने, पिउन पनि हुने, दल्न घस्न पनि हुने । जसरी प्रयोग गरेपनि औसधि हुने । बिकसित देशमा यसरी प्रयोग गरिन्छ । हाम्रो देशमा पनि भेडालाई काटेर कपाल खौरिएपछि छालामा दल्ने चलन छ । सायद यो चलन पनि व्याक्टेरीयानआउन भनेर नै होला ।
यसरी बेसारबाट पिउने औषधि, मादक पदार्थ पिएपछि यो बेसारको औषधि पिउदा लिभरलाई आराम हुने आदि धेरै बिशेषता भएकाले सहि सदुपयोग गर्ने हो भने देशमा रहेर होस या बिदेशमा रहेर बिभिन्न प्रकारका लाभ लिन सकिन्छ । वेसारलाई नेपाली व्रान्डनै बनाम न आर्थिक उन्नती, स्वास्थ्य उन्नती दुबैमा सहयोग गर्दछ ।
बेसार मात्र हैन तत्काल मैले धनियाको परिकार पनि डिजाईन पनि गरेको छु । बियरमा राखेर पिउने, तरकारीमा टन्नराखेर, सलाद बनाएर, अन्य परिकारहरू छन् । करेलोको पनि धेरै परिकारहरू छन् पिउने पनि खाने पनि । अर्को नया प्रयास गरेको पाती हो । यहि बर्ष ँभदचगबचथ मा नेपाल बाट स्याम्पल ल्याएको थिए । कोरोनाले अगाडि बड्न सकेन । गर्नेयोजना भनेको पातीको ड्राई पाउडर बनाएर तातो पानीमा फेटेर पिउने, चामलको पिठोमा संगै राखेर मिठाई बनाउने, गहुसंगै मिलाएर नुडल बनाउने, पातीको पुलाउ पनि बनाउने । जापानमा पाती नपुगेर चिन बाट ल्याईन्छ । जापानीजमा यसलाई यो मोगी पनि भनिन्छ । सायद जापानीज कल्चरमा रूची राख्ने नेपाली साथीलाई पक्रै थाहा छ ।
यसरी हाम्रा बहुमुल्यबान चिजहरू यतिकै कतै बगेर, कतै कुएर, कतै लुकेर, कतै सुतेर बसेका छन् । जस्ताको तेस्तै प्रयोगमा ल्याउदा तेती मार्केट नलिन सक्छ । डिजाईन गरौ । हाम्रै ब्रान्ड बनाएर बिदेशी मार्केटमा लैजाने सोच, योजना, भिजन, मिसन बनाउन सके राम्रै हुन्छ पनि ।
पोखरा (हाल टोक्यो)
















