सुनाैली रूपाैली : सुरक्षणकाे एक पाटाे - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सुनाैली रूपाैली : सुरक्षणकाे एक पाटाे

सन्त थलङ लिम्बु
▪️▪️▪️
ज्ञान र चेतनाको अभावमा मान्छेले बहुमूल्य वस्तु पाए पनि त्यसको सही सदुपयोग गर्न सक्दैन । आज बीमाका बारे नसुन्ने /नजान्ने कमै होलान् । जीवन बीमा/ स्वास्थ्य बीमा/ब्यापारको बीमा/शिक्षा बीमा लगायत अनेक बिरीमाको नाउ सबैले सुनेका छन् । धेरैले गरेका छन् । भविष्यमा भैपरी आउने समस्यासँग जुध्न अग्रिम सजग बनाउने यो आर्थिक नीतिको आगमन हुनुभन्दा अघि हाम्रा लिम्बु पूर्खाले पनि यसको प्रयोग गरेका थिए त्यो पनि महिलाको /छोरीको भविष्यलाई सुनिश्चित गर्न ।
छोरी कुटुम्बलाई सुम्पँदा छोरी र उनको परिवारले भबिष्यमा दुख नपाऊन्/आर्थिक सङ्कट बेहोर्न नपरोस भनेर कुटुम्बसँग छोरी माग्न आउँदा केही सुन/पैसा लिने र विवाहपछि निश्चित समयमा त्यही लिएको सुन पैसामा थपेर/ कम्तीमा दोब्बर बनाएर छोरी ज्वाइलाई फिर्ता गरी उनीहरूको घर व्यवहारलाई सहज बनाउने गरिन्थ्यो । समयक्रममा यो रीत खाने चलन विकृत बन्यो र सुन पैसा लिएर खाने/भोज भतेर गर्ने /सामन्ती कुसंस्कारमा बदलियो ।
▪️▪️▪️
यो एउटा छोरीचेलीको भविष्यको सुनिश्चितताका निम्ति पूर्खाहरुले प्रारम्भ गरेको एउटा गौरवमय परम्परा ज्ञान र चेतनाको अभावमा विकृत बन्यो ।तर यसलाई सकारात्मक व्याख्या र प्रयोगको सट्टा केही लिम्बु समुदायकै केही अबुझहरुले यसलाई छोरिचेलीलाई सुन पैसासँग सट्टा गर्ने कार्य भनेर गलत व्याख्या र प्रचार सुरु गरे । नाच्न नजान्नेलाई आगन टेढो उखान चरितार्थ गर्दै यसलाई एकोहोरो विकृतिको रुपमा मात्र व्याख्या गरेर स्वयम् लिम्बु समुदायकै केही अज्ञानीहरुले लिम्बु संस्कृतिलाई नै विकृतिको रुपमा व्याख्या मात्र गरेनन् अझ अर्को भिन्न समुदायको सस्कृती नक्कल गरेर कागले मयुरको प्वाख भिरे जस्तो अझ आफ्नो सस्कृतिलाई कुरुप बनाए ।
आज यी सबै कुराको समग्र मूल्यांकन गर्दै आफ्नो मौलिक पहिचानसहित अघि बढनुपर्ने चुनौती लिम्बु समुदायलाई छ ।
र, त्यसको तयारी शुरु हुँदै गरेको देखिदै छ ।
ताप्लिजाेङ मिक्वा खाेला थुम साँवा हाल कीर्तिपुर

( साँस्कृतिक अभियन्ता, लेखक एवम् कविन्त थलङ लिम्बुले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर