
√युमाहाङ पालुङवा याक्थुङ
विश्वमा एक यस्ताे जाति छ जसलाई अहिले लिम्बु, चाेङ,सुब्बा भनेर चिनिन्छ । तर उनिहरु अाफैले अाफुलाई चिनाउँदा याक्थुङ भनेर सम्बाेधन गर्दछन् । याे जातिकाे छुट्टै भाषा छ । यसलाई याक्थुङ पा:न् भनिन्छ । याे जाति मंगाेल वर्णका हुन्छन् । याे जातिकाे अाफ्नाे छुट्टै लिपि छ । यसलाई याक्थुङ लिपि भनिन्छ । यसलाई सिरिजंगा लिपि पनि भनिन्छ । जुन लिपि विभिन्न कारणले विलुप्त हुन लागेकाे बेला सिरिजंगा भन्ने विद्वान व्यक्तिले पुनरुत्थान गर्दा ज्यान दिनु परेकाेले उहाँकाे सम्मानमा सिरिजंगा लिपि भनिएकाे हाे । याे जातिकाे अाफ्नै विशिष्ट संस्कार र परम्परा छ । उनीहरू प्रकृतिपूजक पनि हुन् । उनीहरू सामानिष्ट पनि हुन् । उनीहरूकाे धर्म युमा धर्म हाे । अहिले अन्य धर्ममा पनि प्रभावित भएका छन् । उनीहरूकाे अनुष्ठान विधिलाई मुन्धुम पनि भनिन्छ । अर्थात् पूजापाठ माैखिक रूपमा माङदेम्वाहरू अर्थात फेदाङमा, येवा, येमा अादिद्वारा गरिन्छ । उनीहरूलाई तुम्याङहरूले नियन्त्रण गरेका हुन्छन । तुम्याङ भनेकाे समाजकाे विद्दत वर्ग हुन । मुन्धुम माङले दिएकाे विश्वास गरिन्छ । माङ भनेकाे ईश्वर हाे । याे मुन्धुम अनुसार उनीहरू प्रकृतिसँगै ईश्वरहरू पनि मान्दछन् । मुन्धुम पूजा अनुष्ठान गर्ने माध्यम मात्र हाेईन । ऐतिहासिक दस्तावेज पनि हाे । यसमा याक्थुङ जातिकाे उत्पतिदेखि लिएर वर्तमान समय र स्थानकाे वर्णन भएकाे हुन्छ । याे मुन्धुम निकै परिस्कृत र वैज्ञानिक पनि छ । तर यसकाे विश्वव्यापी अध्ययन हुन पाएकाे छैन । याे हुन जरुरी छ । तसर्थ विश्वले थाहा पाउनेछ ।
याे जाति दक्षिण एशियाली देश नेपालकाे पूर्वी भागमा मुख्य रूपमा बसाेबास गर्दछन् । त्यस्तै भारतकाे पूर्वाेत्तर भाग सिक्किम, दार्जिलिङ, कालिङपाेङ, डुवर्स, सिलगुडि, भुटान, वंगलादेशकाे पश्चिमाेत्तर, भारतकै अासामकाे केही भागमा बस्दछन् । याे क्षेत्र उनीहरुकाे प्राचिनकालदेखिकाे बसाेबास क्षेत्र हाे । याे क्षेत्रलाई याक्थुङ लाजे भनिन्थ्याे । याक्थुङ लाजे भनेकाे याक्थुङहरुकाे देश हाे । याे देशमा याक्थुङहरुकाे छुट्टै राजाहरु थिए । जस्तै प्रख्यात राजाहरु लावनसुनहाङ, कुदुङजापाहाङ, काेचुहाङ अादि थिए । अरु राजाहरु पनि धेरै छन् । याे देश कुनैबेला एकल राजाकाे शासन सत्तामा सञ्चालित हुन्थ्याे त कहिले संघात्मक शासन प्रणालिमा चल्दथ्याे । कहिले अन्य शासककाे मातहतमा पनि पूर्ण स्वायत्ततामा चलेकाे पाईन्छ । यस बारे इतिहासकारहरूले वर्णन गर्न सकेका छैनन् । किनकि याक्थुङ जाति र याक्थुङ लाजेकाे इतिहास अहिलेसम्म कसैले खाेज अनुसन्धान गरेर लेखेकाे छैन । जतिले लेख्ने प्रयास गरे नेपालसँग जाेडेर लेख्ने गर्दछन् । तर नेपालभन्दा प्राचीन देश याक्थुङ लाजेलाई देखाउन सकेका छैनन् । मैले माथि नै भनेझैँ याक्थुङ लाजे नेपालमा मात्र सीमित छैन । भारतभित्र, भुटान र बंगलादेशकाे केही भूभागसम्म रहेकाे छ । अनि भारतकाे याक्थुङहरूले अासामकेन्द्रित, भुटानकाेले भुटानकेन्द्रित, बंगलादेशकाेले बंगालदेश केन्द्रित भएर लेखियाे भने इतिहास नै मिल्दैन । तसर्थ याक्थुङ जातिकाे इतिहास लेख्दा याक्थुङ जातिकेन्द्रित र याक्थुङ लाजेकेन्द्रित भएर लेखिनु पर्दछ ।
मुन्धुमले याक्थुङ जातिकाे उत्पति याक्थुङ लाजेकै फक्ताङलुङ हिमालय अासपास भएकाे व्याख्या गर्दछ । मुन्धुमकाे विकास, याक्थुङ सभ्यताकाे विकास यहीँ क्षेत्रमा भएकाे बताउँछ । यसर्थ मुन्धुमलाई अांशिक विश्वास गरे पनि याे याक्थुङ जातिहरू धेरै पहिलेदेखि नै यही याक्थुङ लाजेमा थिए । त्यहाँवाट फैलिएर टाढा टाढासम्म पुगे । काेही फर्केर अाए । मुन्धुममा पहिलाे मानव मुजिङना मेयङना(खेयाेङना) स्त्री थिईन् । उनीबाट सुसुवेङ्वा लालावेङ्वा छाेरा जन्मियाे । उनकाे छाेराे सुहाङफेवावाट फाङहाङ(नाै भाई माङदेङवा) र अाठ भाईहरू सावायेत्हाङ छाेराहरू भए । सावा येत्हाङहरू नै याक्थुङ भए । यसै बीचवाट अन्य जातिहरू भए भन्ने कथन छ । मुन्धुमले याक्थुङहरूलाई याक्थुङ लाजेकाे खाम्जिरि खाम्वाेङवासा र लुङजिरि लुङवाेङवासा भन्दछ । अर्थात यहीकाे ढुंगा माटाकाे सन्तान । यसर्थ पनि याक्थुङ जातिहरू प्राचीनकालदेखि यही याक्थुङ लाजेमा बसेकाे पाईन्छ । बाहिरवाट अाएकाे पाइँदैन । उनीहरूकाे देश यहीँ याक्थुङ लाजे थियाे । बरू बाहिरबाट काेही काेही अाएर याक्थुङ भएर मिसिएर बसेकाे अनुमान लगाउन सकिन्छ ।
अब याक्थुङ जातिकाे इतिहास लेख्दा याक्थुङ लाजे अन्तर्निहित भएर लेख्नु पर्ने हुन्छ । मुन्धुमलाई पनि अाधार मानेर लेख्नु पर्ने हुन्छ । त्यस्तै याक्थुङ जातिकाे कतिपय याक्थुङ लाजे अन्तरनिहित वंशावलीकाे पनि अध्ययन गर्न जरुरत पर्दछ ।
यसरी लेखियाे भने मात्र यथार्थमा याक्थुङ जातिकाे इतिहासलाई न्याय हुनेछ । नत्र अनुमानकाे अाधारमा, विदेशी लेखकले अनुमान गरेर विदेशी लेखककै सन्दर्भ लिएर लेखेकाे अाधारमा गइयाे भने याक्थुङ जाति, याक्थुङ लाजेकाे इतिहास अपूराे हुनेछ साथै कुहिराेकाे काग जस्तै हुनेछ । तसर्थ याक्थुङ जाति र याक्थुङ लाजेकाे बारेमा इतिहास लेखाैं । याक्थुङ सभ्यता, मुन्धुमि सभ्यताकाे वारेमा उजागर गराै । यसरि लेखियाे भने याे याक्थुङ जातिकाे मात्र सम्पति नभएर विश्वकाे नै सम्पति भएर रहने छ ।
यसले पूर्वीय हिमालयनकाे दर्शनलाई पनि स्थापित गर्नेछ । मुन्धुमी दर्शन, युमा धार्मिक दर्शन, याक्थुङ सभ्यता अर्थात ईम्विरी याङथाङवाकाे सभ्यताबाट निस्किएकाे दर्शनले पनि मानव जगतका लागि पनि केही राम्रा सन्देशहरु दिन सक्नेछ । त्यस्तै अब याक्थुङ जातिवाटै स्काेलरहरू निस्कनु पर्दछ । थेसिसहरू, पीएचडीहरू मुन्धुमभित्रकाे विषयहरूमा गर्नु पर्दछ । याक्थुङ जाति, याक्थुङ सभ्यतासम्बन्धि, ईम्विरी याङथाङवा सभ्यता, याक्थुङ हाङ तथा हाङ नीति, माङ तथा माङ नीति, तुम्याङ प्रणाली, थुमिय प्रणाली जस्ता प्रशस्त विषयहरू छन् । यी सबैमा लेख्न थालियाे भने मात्र याक्थुङ जातिकाे वारेमा पूर्ण जानकारी गर्न र गराउन सकिन्छ ।
नाेगेन ।
(लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।
लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)
















