🔳 नेपालमा बेरोजगारी समस्या र समाधानका उपायहरू : - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

🔳 नेपालमा बेरोजगारी समस्या र समाधानका उपायहरू :

√मिङसो हाङ लोवा
नेपालमा बेरोजगारी को स्थिति र समाधान दक्षिण एसियामा पर्ने भूपरिवेष्ठित देश नेपालको कुल जनसंख्या लगभग ३ करोडको हाराहारीमा अनुमान गर्न सकिन्छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको श्रमशक्ति सर्वेक्षण सन् २०१८ अनुसार नेपालको बेरोजगारी दर ११.४% रहेको देखाएको छ ।यसमा शारीरिक तथा मानसिक रुपमा काम गर्न सक्षम उमेर पुगेको भुक्तानी प्राप्त हुने काम नपाएका सबै जनशक्तिलाई बेरोजगार भनी परिभाषित गरिएको छ । यसअघि सन् २००८ मा गरिएको सर्वेक्षणले २.१% मात्रै बेरोजगार रहेको देखाएको थियो । तर, रोजगारी परिभाषा परिवर्तन गरि निर्वाहमुखी र आफ्नै उपभोगका लागि मात्र काम गर्ने जनशक्तिलाई रोजगार भन्न नमिल्ने बनाइयो । त्यसको आधारमा बेरोजगारी दर हाम्रो मुलुकको ह्यात्तै बढेको हो । हालको यो जुन दर अन्य दक्षिण एसियाली मुलुकहरुको भन्दा ज्यादा हो, विश्वकै सबै भन्दा ज्यादा जनसंख्या भएको मुलुक चीनको पनि बेरोजगारी दर ३.६१% मात्रै रहेको छ।
नेपालको सन्दर्भमा हेर्ने हो भने सरकारी र निजी जुनसुकै क्षेत्रहरुमा रोजगारीको अवसर खोलिन्दा पनि अत्यधिक सङ्ख्यामा पर्ने आवेदनले पनि मुलुकमा बेरोजगारीको सङ्ख्या बढेको देखाउँछ । लोक सेवा आयोगको परीक्षा, कोरियन, इजरायल भाषा परीक्षा अथवा अन्य क्षेत्रमा थोरै सङ्ख्यामा खुल्ने रोजगारीको अवसर प्राप्त गर्न पनि तँछाडमछाड गर्दै आवेदन दिने युवाहरूको भीडलाइ नियाल्दा मुलुकमा साच्चै नै बेरोजगार भयावह नै रहेको छ। १५ बर्ष र सो भन्दा धेरै उमेर समूहका २ करोड ७ लाख ४४ हजार जनसंख्या मध्ये ७० लाख ८६ हजार व्यक्ति रोजगारिको क्षेत्रमा छन् भने ९ लाख ८ हजार बेरोजगार छन् । कामको शिलशिलामा दैनिक हजारौं नेपाली युवाहरू विदेशीने गरेको र विप्रेषण आय कुल गार्हस्थ उत्पादन GDP को अनुपात २५.१ प्रतिशत रहेको छ, भने अझै पनि नेपाली युवायुवतीहरू आफ्नो भविष्य बाहिरी देशमा नै देख्न बाध्य छन् । आन्तरिक श्रम बजारको प्रशोधन क्षमता अत्यन्तै न्यून हुँदा अतिरिक्त श्रम शक्ति वैदेशिक रोजगारीका लागि बिदेश पलायन हुने देखिन्छ र विदेशी भूमिमा हरेक खाल्का कामहरू गर्न बाध्य छन् । नेपाली भूमीमा काम पाएपनि भने जस्तो वा पुग्दो तलबको व्यवस्था नहुनु र काम पनि धेरै जसो दिगो नभएपछि पछि विदेशीनुलाई पनि रहर भन्दा पनि बाध्यताका रुपमा देखिन्ने गरिन्छ । वि.सं. २०७१ मा अर्थमन्त्रालयले गरेको सर्वेक्षण अनुसार २६.१% उच्च शिक्षा गरेकाहरु बेरोजगार रहेको पाइन्छ जुन दर बढ्दो क्रममा छ । जसको परिणामस्वरुप बौद्धिक युवाहरूको पलायन सहजै देख्न सकिन्छ।
🔹बेरोजगारी समस्याका प्रमुख कारणहरू :
१. उच्च जनसंख्या वृद्धिदर
२. सुस्त व्यापार वृद्धि
३. सैद्धान्तिक शिक्षामा जोड या प्राविधिक शिक्षाको कमी हुनु
४. मौसमी रोजगार
५. आत्मनिर्भरतामा कमी
६. उद्योग धन्दा कलकारखाना स्थापना सुस्त गतिमा हुनु
७. पूँजीको अभाव हुनु
८. उच्च शिक्षा जागिर खानलाई मात्रै पढ्नुपर्ने भन्ने मनस्थिति स्थापित हुनु
९. कृषि क्षेत्रबाट उत्पादित वस्तुहरूले सही मूल्यको निर्धारण नहुनु
१०. कुशल नेतृत्व कर्ताहरूको कमी
आदि
🔹 बेरोजगारी समस्याका परिणामहरू :
१. आम्दानीको स्रोत नभएपछि गरिबीको वृद्धिदर बढ्ने छ
२. देशको हरेक क्षेत्रमा भ्रष्टाचार बढ्ने छ
३. देशको अर्थतन्त्र मा आर्थिकको कमी
४. अपराधिक क्रियाकलापहरुको वृद्धि हुन्छ
५,.आत्मनिर्भतामा कमी
आदि ।
यसरी नै बेरोजगारी दर बढ्ने हो र यसरी नै परिणाम देखिन्दै जाने हो भने नेपालको स्थिति धेरै नाजुक हुन देखिन्छ, देशको आर्थिक स्थिति हेर्ने हो भने पनि देशको प्रत्येक जनताको टाउकोमा त्रइण थुपारेको सरकारले अझै पनि आत्मनिर्भरतामा जोड दिनु पर्छ भन्ने ज्ञान सरकारमा अहिले सम्म्म आएको छैन ।
देशको प्रत्येक नितीनियम अरु देशको अनुसरण गर्न सक्षम सरकारले अरु देश जस्तो विकासमा त्यति फड्को मार्न सकेको छैन भने विदेशिनुको सङ्ख्यामा पनि कमी गराउन सक्या छैन । देशको प्रमुख आयस्रोत नै रेमिट्यान्स भएको छ तर हामी सबैले के बुझ्न जरुरी छ भने अमेरिका, चीन, कोरिया जस्ता विकसित मुलुक हरु पनि त्यहाँका जनताहरू विदेशीएर देशको विकास गरेको भने पक्कै होइन ।
यसरी यहीँ तरिकाले विदेशिनुको सङ्ख्या बढ्दै जाने हो भने परनिर्भरता पनि बढ्ने छ।
🔹 बेरोजगारी समस्याका समाधानका उपायहरू :
१. कृषि क्षेत्रलाई जोड दिन उचित मूल्यसहित बजारको व्यवस्थापन गर्ने
२. जनसंख्या नियन्त्रण गर्ने
३. प्राविधिक शिक्षा, व्यवसाय र रोजगारमूलक गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने
४. ग्रामीण क्षेत्रहरुको बिकास गर्ने
५. उधोग धन्दा कलकारखानाहरुको बिकासमा जोड दिने
६. कुशल नेतृत्वकर्ताहरू चयन गर्ने
🔹 हामी के गर्न सक्छौ ?
परिवर्तन को सुरुवात आफै बाट हुनुपर्छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा सरकारले बेरोजगार नगरिकलाई एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारी सुनिश्चितता गराउने व्यवस्था गरेको थियो । यस्तो योजनाले केही प्रभाव परेपनी ३६५ दिनमा १०० दिन मात्रै काम को व्यवस्था हुनु दिगो योजना भने होइन त्यसैले हामी आफै आफ्नै देशमा स्वरोजगार बन्नु पर्ने विषयमा सरकार दबाब दिई अघि बढ्नु पर्छ । दीर्घकालीन रूपमा दिगो रोजगारीका लागि हामिले उत्पादित क्षेत्रलाई जोड दिनुपर्छ । कृषिलाई सबैले व्यावसायीकरण र विशिष्टिकरण गर्न जरुरी छ । सरकारले पनि पर्यटन क्षेत्र र अन्य उद्योग कलकारखानाको विकासमा लगानी गरि रेमिट्यान्सप्रतिको आत्मनिर्भरता हटाउनु पर्छ । हामी कहिलेसम्म विदेशी भूमिलाइ कर्मथलो बनाउने ? के हाम्रा सन्तानहरूको भविष्य पनि विदेशी मुलुकमै सम्मिलित गराउने हो र ? त्यसैले हामी अहिले नै यो विषयमा गम्भीर हुन जरुरी छ,त्यसैले कुशल नेतृत्वकर्ताको चयन गरी देशलाइ विकसित मुलुक र देशको अर्थतन्त्रमा परिवर्तन ल्याउन रोजगारी र स्वरोजगारी सिर्जनातिर लाग्नुको विकल्प छैन ।
(पान्थरको फालेलुङमा सब इन्जिनियर भएर काम गरिरहेका मिङसो हाङ लोवाले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107