
√याक्थुम्बा विशाल साँवा
प्राचिनकालमा लेक्वादो सुम्बोदो माङले आफ्ना छोराहरूलाई शक्ति वरदान बाढ्ने क्रममा कान्छा छोरा (तुङदुङ्गे साम्माङ) विउ विजन पुर्याउन गएका थिए । पछि फर्की आउँदा बाबुले आफ्नो सबै दाजुहरूलाई शक्ति वरदान दिइ सकेका थिए । त्यसै क्रममा तुङतुङ्गे साम्माङले बाबुसँग मलाई चाहि शक्ति वरदान दिएनौ अब दिनु भनी विन्ति गरी शक्ति वरदान मागेका थिए ।
त्यस पछि बाबुले हे मेरो कान्छा छोरा तिमिले पनि म बाट शक्ति वरदान पायौ है भनी उसका बाबु दाजु ओरालो लागेका थिए भने कान्छा छोरा (तुङदुङगे) चाहि थाक्सुवा,सोगबु,लेगुवा,पिखुवु,कुरुले जल्हारे वेल्हारे पाख्रीबास मैदान माथि रमिता हेर्दै डुल्दै खम्बु गाउँ याक्खा गाउँ बाट अरुण बरुण नदि डुल्दै रमिता हेर्दै बाह्रबिसे, कोशुवा, सजिक, सिगेदिम्बा,फाख्खङवा,याङखङवा,तिराफारा,चिदेन,साम्धोक केधोक, गाउँ नाम पुकार्दै उकालो लागे । ठुला पाहाड कान्द्या फुक्कु चिन्द्या फुक्कु खङखङ पाहाड एक पटक रमिता गरी मैवा खोला लेच्जामा, साङलुङवा, हाङफबुङ , थोप्रा, चिनेदुङवा, नेरुवा खोलाको नाम पुकार्दै तमर नदि पार गरी पिरिङगढीमा पुगी मास्वा रानी सँग बोल्न खोज्दा तिनिहरु ले गिज्याएर अपमान गरी खाए त्यस कारण उसले मास्वा हो तिनिहरु नफैलने अपुतालीहरु हौ भन्दै सरापेका थिए ।
त्यस पछि चोक्मा खाम,जैवादो हुदै उकालो हात्तीखावा, सिजेपोमा, गज्याढुंगे,चेम्फीमा खोला,दोबाटे, त्रिवेणी दोबाटे ओडार पार गरी भिरपाखा माथि तुङदुङगे भइ नाच्दै घुम्दै रमिता हेर्दै पुर्व तर्फ संखुवा खोला दाहिने देब्रे रमणिय सृष्टी गरी पुनः दोबाटो,ढुंगे,सिजेपोमा उधो मैवाखोला पिरिङगे हुदै हाङवा दोभान झरी उकालो ओख्राबु याङख्राबु पर जाँदा सुलुम्फि,सान्थावारक,सिरेन सोरेक नाम पुकार्दै दिङ्ला साप्ला लिङतेप्मा,हाङगम्बा,सयम्बा,नाम पुकार्दै मुङवा,साङसोङवा थुकयुमा, थुङतेम्बे, पेवा, चेन्चेला, सामसोङबुङ नाम पुकार्दै खोला तरी सुङलुङवा, लुङगुवा, फोफोवामा एक पटक पुगी लिवाङ हरु लाई बोलायो लिवाङहरु जाँड र भातमा मस्त भएकाले वास्ता गरेनन् र ती लिवाङ हरु लाई लठेप्रो,अधवेस्रो नाम लागाइ साम्यो सुम्यो पगे । त्यहा तिन दिन सम्म पवित्र रुपमा प्रकट भए । सबैले उसलाई बोलाए च्याबुकी क्याबो सान्छोलो,निदुकी साम्दिक क्यो सान्छोलो मिजाम्फाम्फो मिजाम्फाम्फो भनेर भर्किए सोने पाङने चङलाङ यइक्पा नाम पुकार्दै सुद्ध सँग प्रकट भए र बोल्न थाल्यो सम्पुर्ण साँबा दाजुभाइ भेला भएको हाङज्रुम्ब्रुङ भन्ने ठाउँमा पुग्दा एक जना ओमदिन नाम गरेको मादेन साँबा ले “तिमी दाजु हौ की भाइ हौ ? कता हिडेको हौ ?” भनी सोधे ।
तेतिकैमा तुङदुङगे साम्माङ ले “म त बोलि सिद्ध भएको शक्ति आयु वरदान को धनी बालबच्चा नहुनेलाई बालबच्चा समेत दिन सक्ने अपुताली बाट बचाउने ढाल तरवार भिरेर हिड्न मन पराउने माङ हु पवित्र चोखो जोडी तङबा जोडी पिपा,कलस धुप अक्षता दियो ढाल तरवार चाङमा सजाएर ६४ तर्मा को लहर सजाएर तिन बर्ष को भाले तिन बर्षे बोका सँग मलाई मान भाउ गर मेरो पुकार गर” भनेर भन्यो । त्यसैले त्यहाँ भएका साँबाहरुले उसले(तुङदुङगे) भनेझै तिन बर्षे बोका,तिन बर्षे भाले,तोर्मा,ददिरा, खुकुरी,ढाल, तरबार, के? (च्याब्रुङ) सँग सफा/सुद्ध चाङ बनाइ आठ नौ फन्को गरी उसको पुकार गरे । त्यतिमा तुङदुङगे साम्माङ ले शक्ति वरदान दिनुभयो । त्यही देखि यता याक्थुङ हरुले तुङदुङगे साम्माङ को पुजा गर्दै आइरहेको पाइन्छ ।

१.पात्लेको(सिगाप) टुप्पा सहित घोचा हुने ५ वटा
२.नामयोबा(तितेपाती) केहि
३. विभिन्न प्रकारका फुलहरू
४. खोः नु मुदेन्फेमा/खयाफेमा(ढाल तरवार)
५. तिम्मक(बन्दुक)
६. धुप अक्षता कोइला
७. ददिरा ६४ वटा बासको मसिनो भाटामा भेडाको उन घ्यू टुसामा राखेको (हाल भेडाको उन को ठाउँमा टोटोला प्रयोग गरिन्छ)
८. तर्मा चामल र कोदोको पिठोबाट बनाइएको ६४(३२+३२) वटा
९. के? ( च्याब्रुङ)
१०. पोना कपडा (रातो सेतो)
११. थुम्चे १
१२. कलस १
१३. टीका थाप्न बास र स्याउला
१४. बासको तङ्बा २ र पिपा ४ वटा
उपरोक्त सामग्रीहरू चाङ थापी चाङको छेउमा पात्लेको स्याउला सहितको घोचामा तितेपाती लाइ तेस्रो पारेर बार बाँधे जस्तै बाधेर अगाडि तोर्मा ददिरा राखी थान तयार पारिन्छ ।
नोट:- तीन बर्षे बोका र तीन बर्षे भालेको कुरा माथि नै आएकोले सामग्री मा उल्लेख गरिएको छैन ।
सन्दर्भ स्रोत
१. याक्थुङ तुतु तुम्याङहाङ तथा जानकार व्यक्तित्व
२. चङबाङ साँबा वंशावली पुस्तक
बुद्धशान्ति गाउँपालिका झापा
(साँबा मिङ्स्रा सङ्चुम्भोका केन्द्रीय सदस्य तथा युमा साम्यो अभियन्तासमेत रहेको साँवाले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।
लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)
















