
√तोफा पाहिमहाङ
🔳 डाउन सिन्ड्राेम ( Down Syndrome) : केही तथ्य
🔸 नव दम्पत्ती वा Family Plan मा रहनु भएका हरेक जोडीहरुका लागि विशेष जानकारी :
डाउन सिन्ड्रोम (Down Syndrome) यो जन्मजात उपचार नहुने क्रोमोजोम असामान्यता हो, सामान्य व्यक्तिमा ४६ क्रोमोजोम हुन्छ भने डाउन सिन्ड्रोम भएकामा ४७ क्रोमोजोमहरु हुन्छन । यो अवस्थामा क्रोमोजोम २१ मा एउटा अतिरिक्त क्रोमोजोमको पुरा वा सानो अंश जोडिएको कारणले हुन्छ, यस्लाइ अर्को शब्दमा “Trysomy -21” भनिन्छ । यो समूहका व्यक्तिहरुको वौद्धिक क्षमता र शारीरिक विकास सामान्य व्यक्तिहरु भन्दा ढिलाइ हुन्छ ।
सन् १८६६ बृटिस चिकित्सक “जोन ल्याङ्डन डाउन” ले यो क्रोमोजोमको बारेमा ब्याख्या गरेकाे हुनाले उनैको नामबाट Down Syndrome भनिएको हो ।
🔸 यस्का लक्षणहरू :
– गोलो वा चेप्टो अनुहार ।
– अति सानो चिउडो ।
– नेप्टो नाक ।
– मोटो जिब्रो वा जिब्रो बाहिर निकाली रहने ।
– खुट्टाको बुढो र दोस्रो औँला बीचमा फाटो हुने ।
– छोटो गर्धन ।
– होचोपन ।
– मांशपेशीको फितलोपना ।
– हातको कान्छी औलामा २ वटा मात्र धर्सा हुने ।
– हस्त रेखा कम हुने ।
नोट: डाउन सिन्ड्रोम भएका प्रत्येक व्यक्तिहरु फरक-फरक किसिमका हुन्छन् । माथि दिइएका लक्षणहरु सबै एकै व्यक्तिमा पाइन्छ भन्ने चाहिँ विल्कुलै होइन ।
🔸 यस्को व्यापकता :
डाउन सिन्ड्रोम भएर जन्मेका बच्चाहरु मध्ये केटीहरुमा भन्दा केटाहरुमा बढी लक्षण देखिन्छ । ३५ वर्ष त्यो भन्दा बढी उमेर भएका आमाहरुले साना उमेरका आमाहरुभन्दा डाउन सिन्ड्रोम भएका बच्चाहरु जन्म दिने बढी खतरा हुन्छ । तर यसो भनिरहँदा एक तिहाइ बच्चाहरु ३५ वर्ष मुनिका आमाहरुले पनि जन्माएको पनि देखिन्छ । तसर्थ यस्ले के देखाउँछ भने कुनै पनि उमेरका आमाले र सबै जाति, धर्म तथा आर्थिक पृष्ठभूमिका महिलाहरुबाट डाउन सिन्ड्रोम भएका बच्चाहरु जन्मन सक्दछ ।
यी बच्चाहरु जन्माजात मुटुमा प्वाल, रगतको क्यान्सर, थाइराेइड, आँखा, कान, घाटी, पेट, आन्द्रा, दाँतसम्बन्धी धेरै चिकित्सक सम्बन्धी समस्या देखिन्छ ।
🔸 यसका प्रकारहरु :
१. Trysomy
२. ट्रान्सलोकेसन
३. मोजियासम
🔸 यस्को न्यूनीकरण :
१. गर्भावस्था जाँच (Prenatal testing)
यसमा पहिले नै एउटा डाउन सिन्ड्रोम भएका बच्चाको आमाको उमेत ३५ वा बढी, बिना कारण गर्भ तुहिरहने वा आमा-बुवामा कुनै पनि क्रोमोजोम विकृत भएमा यस्ता दम्पत्तीले डाउन सिन्ड्रोम भएका बच्चाहरुलाई जन्मदिने सम्भावना देखिन्छ । तसर्थ यो जाँचबाट आफ्नो बच्चा डाउन सिन्ड्रोम हो वा होइन पत्ता लगाउन सकिन्छ ।
२. एम्नियोसिन्तेसिस ( Amniocentesis)
यो परीक्षणमा गर्भमा रहेको बच्चा वरिपरिको तरल पदार्थमा रहेको बच्चाको कोष परीक्षण गरिन्छ र यो कुनै पनि अन्य क्रोमोजोमको बिकृति छ कि छैन भनेर पुष्टि गरिने परीक्षण पनि हो । यसमा अल्ट्रा साउन्ड निर्देशनबाट धेरै सानो सुई पेटमा पुर्याएर थोरै तरल पदार्थ परीक्षणका लागि झिकिन्छ। यो २ देखि ३ हप्तासम्म तयार हुन्छ । यो जाँचमा २०० मा १-०.५% गर्भपतन हुने सम्भावना हुन्छ ।
३. गैह्रआक्रमक ( Non – Invasive)
यसमा आफ्नो बच्चा Trysomy छ कि छैन भनेर आमाको रगत परीक्षणका माध्यमबाट गरिने स्कृनिङ परीक्षण हो ।
थप जानकारीको लागि https://youtu.be/5gkzwsrIV1E मा पनि हेर्न सक्नु हुनेछ
खाम्लालुङ, तेह्रथुम
(लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।
लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)
















