देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा

आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्ले घोषणा गरेको छ । माग सम्बोधनका लागि सरकारले चासो नदिएको भन्दै दबाब सृजना गर्न अनिश्चितकालिन बन्दको घोषणा गरेको हो ।

परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्ने बताएका छन् । परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर बजेट नछुटाइएको भन्दै परिषद् आन्दोलन उत्रिएको हो ।
छ ।

पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न हुँदा समेत सरकार आन्दोलनप्रति गम्भिर नभएको र दमन गरेको भन्दै असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्दको घोषणा भएको संघले परिषदले जनाएको छ ।

सम्बन्धित खवर