लकडाउनले खगेन्द्रलाई कृषक बनायो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

लकडाउनले खगेन्द्रलाई कृषक बनायो

साइनाे समाचारदाता/पथरी, २८ बैशाख
लकडाउनले धेरै नेपालीको ब्यापार ब्यावसायलाई धरासायी बनायो । लकडाउनका कारण कतिले ब्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बनेका छन् मोरङ पथरी शनिश्चरेका खगेन्द्र प्रसाद लिम्बु । जग्गा कारोवार गर्दै आएका लिम्बुका लागि लकडाउन ट्रनिङ पोईन्ट बन्यो ।


लकडाउनका कारण जग्गा कारोवार छाडेर ड्राईगन खेतीमा लाग्नु भएको खगेन्द्र प्रसाद लिम्बुलाई राम्रै सफल्ता मिल्यो । लिम्बुले साथी भाइको सल्लाहा अनुसार १ करोड ३० लाखको लागानीमा ड्राईगन खेती सुरु गर्नु भयो । २ विगाहा १० कठ्ठा क्षेत्रफलमा लगाएको २३ सय विरुवाले उत्पादन दिन सुरु गरेको छ । पथरी शनिश्चरे ८ मा रहेको मेद्यावी कृषी फर्ममा ३ जनाले रोजगारी पाएका छन । खेति सुरु गर्दा ३ महिना सम्म ७/८ जनाले रोजगार पाएका थिए । “युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रायगन फुड खेतीको सुरुवात गरेको हुँ” लिम्बुले भने । सुरु सुरुमा समस्या भए पनि फल दिन थालेपछी आन्नद भएको लिम्बुले बताउनु भयो ।


नेपालमा सफल्ता पाउदै गरेको सायमा रेड सि प्रजातीको नौलो तथा मिठो फल ड्राईगन फ्रुट खेती तर्फ कृषकको आकषर्ण बढ्दै गएको छ । कृषि पेसामा आत्मानिर्भर हुन भएका लिम्बु ड्राईगन फ्रुट खेतीमा रमाइरहनु भएको छ । १५ महिना अघि लगाएको ड्राईगन खेतीले फल दिन थालेको छ । एक पटकको मेहनतले लामो समय राम्रै फल दिने भएकाले सबै कृषकले यो खेति गर्दा राम्रो हुने लिम्बुको भनाई छ ।

ड्रायगन फ्रुट संगै भित्र भित्र बुटे खेती गर्न सकिन्छ भएकाले नगदे बालीले समेत स्थान पाउने गर्दछ । १ पोलबाट बार्षीक १ सय ५० केजि सम्म फल उत्पादन हुने गर्दछ । बजारमा ड्रायगन फ्रुट प्रतिकेजी ५ देखि ८ सय पर्ने गर्दछ । पछिल्लो समय बजारमा प्रतिस्पर्धा धेरै भएको कारण सोचेअनुसार मुल्य नपाउने पो हो कि भन्ने चिन्ता छ । तर बाहिरी देशबाट आएको फल भन्दा नेपालमा उत्पादन भएको फल स्वादिलो र पोसिलो हुने भएकोला बजार भाउ राम्रै पाउने लिम्बुले बताउनु भयो ।

सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटले उत्पादन दिने भएकाले यस खेतीतर्फ कृषकहरु आर्कषित हुदै आएका छन् । ग्रामीण र सहरी क्षेत्रमा मानिसले यस खेतिलाई ब्यावसायीक खेतिका रुपमा लिन थालेका छन । मोरङको बेलबारी नगरपालिका वडा नं. १० का वडाध्यक्ष गंगा याक्खा, पथरी शनिश्चरेका ६ पुर्व वडाध्यक्ष जयबहादुर तामाङ, पथरी शनिश्चरे २ का प्रवेश राई र सुनबर्षि नगरपालिकाका गणेश राईले ब्यावसायीक ड्रायगन खेति गर्दै आएका छन ।

ड्रायगन खेति सुख्खा र पानी नजम्ने नेपालको सबै ठाउमा हुने गर्दछ । एक पटक लगाएको खेतिले २५ बर्ष सम्म आम्दानी दिने ब्यावसाय भएकाले यस प्रति कृषकको आकर्षण बढेदै गएको छ । सरकारले ड्रायागन फ्रुट खेतीमा युवालाई आकर्षण गर्न सके बेरोजगारी घट्नुका साथै कृषी क्रान्तीले सफल्ता पाउने थियो ।

सम्बन्धित खवर