डिजे अटो सर्भिसले निःशुल्क अटो सर्भिस सहित टिसर्ट बितरण गर्ने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

डिजे अटो सर्भिसले निःशुल्क अटो सर्भिस सहित टिसर्ट बितरण गर्ने

पथरी ११ बैसाख- विगत ६ बर्ष अगाडिबाट मोरङको पथरी शनिश्चरे १ बुद्धचोकमा रहि सेवा दिदै आएको डिजे अटो सर्भिसले निःशुल्क अटो सर्भिस सहित टिसर्ट बितरण गर्ने भएको छ ।


बजारमा उपलब्ध सबै टेम्पोहरुको एक हप्ता नि शुल्क सर्भिस सहित पार्टपुर्जामा १० प्रतिसत छुट गरिने र निःशुल्क सर्भिस कार्य सुरु भईसकेको सर्भिस सेन्टरका सञ्चालक सरोज चम्लागाईले बताए ।

यस सर्भिस सेन्टरले गत शनिबार पथरीकै बाँसेचौरीमा बनभोज कार्यक्रम समेत सम्पन्न गरेको छ । अटो चालकहरु सँगको सम्वन्धलाई थप प्रगाढ बनाउन र अटो सर्भिसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न बनभोज कार्यक्रमको आयोजना गरीएको बताईएको छ ।

बनभोज कार्यक्रममा ५० जना भन्दा बढिको उपस्थिती रहेको थियो उपस्थित सम्पुर्ण चालकलाई सञ्चालक चौलागाईले टिसर्ट वितरण गरेका थिए ।

सम्बन्धित खवर