कछुवाको संख्या घट्यो - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

कछुवाको संख्या घट्यो

साइनाे समाचारदाता/पथरी, १० फागुन, मोरङको बेलबारीमा रहेको साउथ एसियाकै दुर्लभ कछुवाको संख्या घट्दै गएको छ । मोरङको बेलबारी स्थित बेलना सिमसार क्षेत्रमा रहेको मयुर पंखी कछुवाको संख्या लोप हुदै गएको बेलबारी नगर प्रमुख दिल प्रसाद राईले बताउनु भएको छ ।

बेलबारी नगरले आज पत्रकार संग अन्तरकृया कार्यक्रम गर्दै नगरले पारित गरेका बिधेक, कार्यविधि र बजेटहरुका बारेमा जानकारी गरेको थियो । पत्रकारले पर्यटन र सिमसारका बारेमा राखेको जिज्ञासालाई संबोधन गर्दै नगर प्रमुख राई साउथ एसियामै दुर्लभ रहेको कछुवा लोप हुदै गएको बताउनु भएको हो ।

नेपालको बेलबारी नगरपालिकामा साउथ एसियाकै दुर्लभ मयुर पंखी कछुवा रहेको छ । ठुलो संख्यामा रहेको उत्त कछुवा पछिल्लो समय संरक्षणको अभावमा लोप हुदै गएको हो । सिमसारमा ब्यावसायीक उदेश्यले विभिन्न प्रजातिको माछा लगाउनाले मयुर पंखी कछुवाको संख्या घटेर १ सय हाराहारीमा पुगेको नगर प्रमुख राईले बताउनु भयो ।

सम्बन्धित खवर