अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता ! - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता !

३१ साउन, काठमाडौं । अफगानिस्तानको एकपछि अर्को सहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असर्फ घानीले देश छाडेका छन् ।

तालिबानसामु काबुल तीन महिना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् ।

राष्ट्रपति घानी सरकारसामु तालिबानसँग संघर्ष गर्ने वा आत्मसमर्पण गर्ने मात्र बाटो थियो । किनकी तालिबानले अफगानिस्तानका ३४ मध्ये कम्तीमा २५ प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ ।

जलालबाद, घान्जी, फेरुज कोजस्ता धेरै सहर त उसले विना युद्ध जितेको थियो । आफगानी सेना तथा वरिष्ठ अधिकारीले आत्मसमर्पण गर्दै तालिबानलाई आफ्नो सहर सुम्पिरहेका छन् । आइतबार पनि नान्गरहार प्रान्तका गभर्नरले आत्मसमर्पण गरे, जसका कारण तालिबानले जलालबादलाई विना युद्ध नियन्त्रणमा लिएको थियो ।

तालिबान पुनरोदयको सुरुवात

२० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबानको पुनरोदयको सुरुवात २०१९ लाई मानिएको छ ।

त्यसअघिसम्म तालिबानले सरकारी र विदेशी सेनामाथि आक्रमण गरे पनि मुलुकका अधिकांश भूभाग र प्रान्तीय सहर अफगान सरकारकै नियन्त्रणमा थियो

अमेरिकी राष्ट्रपति ट्रम्पले नै तालिबानलाई वार्ताको निम्तो दिए र २०१९ को सेप्टेम्बरको पहिलो साता सहमति भयो । यद्यपि सम्झौतामा हस्ताक्षर भने २०२० को फेब्रुअरीमा भएको थियो । कतारको दोहामा भएको सहमतिमा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक मे २०२१ सम्म फिर्ता लैजाने उल्लेख गरिएको थियो । त्यसअनुसार ट्रम्पले आफ्नो शासनकालमा अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या २५०० मा झारेका थिए ।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जनवरीमा कार्यभार सम्हाले । बाइडनले तालिबानसँग भएको शान्ति सम्झौतालाई निरन्तरता दिने, तर अफगानिस्तानमा रहेका सैनिकहरुलाई सेप्टेम्बरसम्म मात्र फिर्ता लगिसक्ने निर्णय गरे ।

उनी अमेरिकाले वार्ताका लागि निम्तो दिएदेखि तालिबान शक्तिमा आएको मान्छन् । ‘जब म राष्ट्रपति बनेँ, मेरोसामु अर्को बाटो थिएन । हामीसँग आफ्नो र सहयोगी मुलुकका सेनालाई त्यहाँबाट सुरक्षित निकाल्ने चुनौती थियो,’ उनले भनेका छन् ।

टर्निङ प्वाइन्ट

अमेरिकी सेनाले २ जुलाईमा अफगानिस्तानको सबैभन्दा ठूलो एयरबेस बग्राम छाड्यो । तालिबान फेरि अगाडि बढ्नुको मुख्य कारण अमेरिकी सेनाले बग्राम एयरबेस छोड्नुलाई मानिएको छ ।

किनकी अमेरिकासँग शान्ति सम्झौताका बाबजुद अफगाने सेनामाथि आक्रमण गर्दै आएको तालिबानले महत्वपूर्ण भू-भागलाई भने कब्जामा लिन सकेको थिएन । तर जब अमेरिकी सेनाले रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिएको बग्राम एयरबेस छाड्यो, तालिबान आक्रामक रुपमा अघि बढ्यो । एक साता नविग्दै पश्चिमी क्षेत्रमा रहेको प्रान्तीय राजधानी काला-ए-न मा आक्रमण गर्‍यो । जुलाई २१ मा तालिबाले अन्तर्राष्ट्रिय सीमा जोडिएका महत्वपूर्ण भूभाग आफ्नो कब्जामा लियो । सुरुमा उसले ताजिकिस्तान र उज्वेकिस्तानसँग सीमा जोडिएको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लियो । पाकिस्तानसँग सीमा जोडिएको सहर स्पीनबोल्डक कब्जा गर्‍यो ।

अमेरिकी सेनाले बग्राम एयरबेस छाडेको एक महिनापछि अगष्ट ६ मा तालिबानले पहिलोपटक निम्रुज प्रान्तको जारन्ज सहरलाई नियन्त्रणमा लियो । त्यसयता निरन्तर उसले एकपछि अर्को प्रान्तीय राजधानीमा कब्जा जमाएको छ । पछिल्लो १० दिनमा मात्र तालिबानले मुलुकको दुई तिहाइभन्दा धेरै प्रान्तीय राजधानी नियन्त्रणमा लियो । अमेरिकी सेनाले बग्राम एयसबेस छाडेको ४५ दिनै अफगानिस्तानको अधिकांश भू-भागमा कब्जा जमाएको छ ।

जबकी एक महिनाअघिसम्म सबै प्रान्तीय राजधानी अफगानिस्तान सरकारको कब्जामा थियो ।

किन यति कमजोर छ अफगान फौज ?

अमेरिका र उसका सहयोगी मुलुकका सेनाले पछिल्लो २० वर्षमा अफगानी सेनालाई तालिम दिँदै थप सशक्त र सक्षम बनाएको दाबी गर्दै आएका थिए । उनीहरुले आफूहरुको उपस्थिति तालिबानसँगको युद्धको लागि नभई अफगानिस्तानको सेनालाई सहयोग गर्नको लागि रहेको उनीहरुको दाबी थियो । तर अफगान सुरक्षा फौज, तालिबानसँग दुई महिना पनि टिक्न सकेन ।

कागजी रुपमा अफगानिस्तानमा सेना र प्रहरीको संख्या तीन लाखभन्दा धेरै छ । तर यो संख्या वास्तविकतामा भने कम हुनसक्ने जानकारहरुको भनाइ छ । युद्धमा ठूलो संख्यामा सैनिकको मृत्यु भएको, धेरैले सेवा छाडेको र चरम भ्रष्टाचार भएकाले सरकारी सैनिकको संख्या धेरै देखिएको उनीहरुको भनाइ छ ।

बीबीसीका अनुसार अफगान कमाण्डरहरुले हुँदै नभएका सेनाको नाममा तलब बुझ्ने गरेको पाइएको छ । अफगानिस्तानका विशेष अमेरिकी महानिरीक्षक (सिगर)को पछिल्लो एक रिपोर्टमा पनि सेनाको भ्रष्टाचारबारे प्रश्न उठाइएको छ । सेनाको तलबसम्बन्धी तथ्यांक पारदर्शी नभएको उल्लेख छ ।

उनका अनुसार गत जुलाई सम्ममा अमेरिकाले अफगानिस्तानको सुरक्षाका लागि ८८ अर्ब डलर खर्च गरेको छ, तर त्यो रकम सही रुपमा खर्च भएको नतिजा युद्धबाट देखिनुपर्छ ।

त्यसको ठीक विपरीत अफगानिस्तानका सैनिकले राम्रोसँग आफ्नो विमान तथा हतियार नै चलाउन नसकेको पाइएको छ । रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका ज्याक वाटलिङका अनुसार सेनालाई हतियारहरु कसरी प्रयोग गर्ने भन्ने पनि थाहा थिएन । उनीहरुलाई जातिगत वा पारिवारिक सम्बन्ध केही पनि नभएको स्थानमा खटाइएको छ ।

यसले उनीहरुको आत्मविश्वास कमजोर बन्ने र आत्मसमर्पण गर्ने गरेको पाइएको छ । अफगानिस्तानको सरकारले तालिबानविरुद्ध लड्न नसकेको भन्दै यसअघि नै रक्षामन्त्रीलाई बर्खास्त गरिसकेको छ ।

त्यसो त तालिबानसँग पनि कति लडाकू छ भन्ने थाहा पाउनु झन् कठिन छ । अमेरिकाको आतंकवाद नियन्त्रण केन्द्रका अनुसार तालिबानका प्रमुख लडाकुको संख्या ६० हजार छ । अन्य चरमपन्थी समूह र समर्थक जोड्दा यो संख्या दुई लाख नाघ्न सक्छ । साथै उसले लागूऔषध कारोबार, विदेशी सहयोग र सरकारी सेनाबाट कब्जा गरिएको हतियारबाट आफ्नो क्षमता बढाएको बताइएको छ ।

के हो तालिबान ?

सोभियत संघ फर्किएपछि सन् १९९० को दशकमा कट्टपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिण(पश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएको थियो । त्यसको एक वर्षमै राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर शासन सत्तामा हातमा लियो ।

तर जब २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई आक्रमण गर्‍यो । करिब तीन हजार मानिसको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले तालिबानको संरक्षणमा रहेका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई बुझाउन भन्यो । तालिबानले लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गर्‍यो ।

जवाफमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तान युद्धको सुरुआत गरेका थिए । त्यो वर्षको डिसेम्बरमा आइपुग्दा तालिबानको सत्ता धारासायी भयो ।

अनलाइनखवरबाटसाभार

सम्बन्धित खवर