कानेपाेखरीमा जग्गा नापी सुरु, सुकुम्बासीले चाडै जग्गा पाउने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

कानेपाेखरीमा जग्गा नापी सुरु, सुकुम्बासीले चाडै जग्गा पाउने

पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले नियमानुसार सुकुम्बासीहरुलाई चाँडै धनीपुर्जा वितरण गर्ने गरी धमाधम जग्गा नापी कार्य सुरु गरेको छ  ।

भूमिसम्बन्धी समस्या समधान आयोग लगत संकलन इकाई कानेपोखरी गाउँपालिकाले लगत संकलन, कम्प्युटरमा तथ्यांक प्रवृष्टि (इन्ट्री) लगायतको काम सकेर जग्गा नापी कार्य सुरु गरेको हो । भूमिहीन समस्या समाधान गर्न जग्गा नाप्ने कार्य सबैभन्दा पहिले कानेपोखरी गाउँपालिकाबाट सुरु गरिएको जिल्ला आयोगका अध्यक्ष डिपी राईले बताए ।

पालिकामा सबैभन्दा धेरै भूमिहीन समस्या भएको ६ नम्बर वडाबाट एक हप्ताअघिबाट काम सुरु गरिएको छ । केन्द्रिय भूमि आयोगबाट खटिएको सर्वेक्षक कमलकुमार बरालले टोटल स्टेसन मेसिन (जिपिएस) बाट नापिने भएकाले पहिलो पटक १५० बिघाभन्दा बढीको गोलो नक्शा लिई १५ स्थानमा स्टेसन पोइन्ट राखी नापिने बताए । प्रत्येक क्षेत्रमा ट्राभल लुक बनाउँदै त्यो भित्रको नाप्ने उनले बताए । त्यसैगरी दोस्रो, तेस्रो गर्दै प्लट बनाउँदै क्रमशः चाँडै नापी कार्य पूरा गर्ने जिल्ला आयोगका विज्ञ सदस्य नवीन पौडेलले बताए ।

अहिले कानेपोखरी गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गर्नेको संख्या ४ हजार ५ सय ५८ रहेको छ । त्यसैगरी अधुरा कार्य ३ सय ७३ रहेको छ । वडा नं. १ मा भूमिहीन दलित २८, भूमिहीन सुकुम्बासी १५०, अव्यवस्थित बसोबासी २५ घरपरिवार र अधुरा कार्य ३ रहेको, त्यसैगरी वडा नं. २ मा  भूमिहीन दलित ७५, भूमिहीन सुकुम्बासी २१७, अव्यवस्थित बसोबासी २५४ घरपरिवार र अधुरा कार्य ८१ रहेको, त्यसैगरी वडा नं. ३ मा भूमिहीन दलित ७०, भूमिहीन सुकुम्बासी १२२, अव्यवस्थित बसोबासी १६५ घरपरिवार र अधुरा कार्य २५ रहेको, त्यसैगरी वडा नं. ४ मा भूमिहीन दलित २६, भूमिहीन सुकुम्बासी २८६, अव्यवस्थित बसोबासी ६१४ घरपरिवार र अधुरा कार्य  ११५ रहेको, त्यसैगरी वडा नं. ५ मा भूमिहीन दलित ५७, भूमिहीन सुकुम्बासी २३८, अव्यवस्थित बसोबासी ३१२ घरपरिवार र अधुरा कार्य ३१ रहेको, त्यसैगरी वडा नं. ६ मा भूमिहीन दलित ९२, भूमिहीन सुकुम्बासी ३८३, अव्यवस्थित बसोबासी ८०० घरपरिवार र अधुरा कार्य ५१ रहेको छ । त्यसैगरी वडा नं. ७ मा भूमिहीन दलित ४४, भूमिहीन सुकुम्बासी २५७, अव्यवस्थित बसोबासी ३५३ घरपरिवार र अधुरा कार्य ६७ रहेको भूमि सम्बन्धी समास्या समधान आयोग लगत संकलन इकाई कानेपोखरीको तथ्याङ्क छ ।

यस अवधिमा मोरङको १४ वटा पालिकाको लगत संकलन र कम्प्युटरमा तथ्यांक प्रविष्टिलगायतको काम सकिएको छ । असार मसान्तभित्रै सक्ने काम कोरोनाको कारण विराटनगर महानगरपालिका, जहदा गाउँपालिका र धनपाल गाउँपालिकाको काम बाँकी रहेको जिल्ला आयोगका अध्यक्ष राईले बताए । उनले आयोगमा १७ सय ६४ वटा अधुरो कामको निवेदन प्राप्त भएको बताए ।

कानेपोखरी गाउँपाकिलाको अध्यक्ष ताराबहादुर काफ्लेले गाउँपालिका क्षेत्रभित्रका भूमि समस्यालाई ४ भागमा वर्गीकरण गरेको बताए । पहिलो २०३४ सालदेखि बसोबास गर्ने वा चार पिँढी गुजारी सकेको र उनीहरुले जोतभोग गरिरहेको कसैको हक नलाग्ने जग्गा रहेको छ । दोस्रो २०५१–५२ सालमा लालबाबु पण्डित र वसन्त आयोगले वितरण गरेको पुर्जाहरु मालपोत कार्यालयमा मोठ कायम रहेको ।

तेस्रो २०३४–३५ सालदेखि ढालफाड गरेर बसोबास गर्ने तर सट्टाभर्नाको नाममा तत्कालीन आयोग र कर्मचारीहरुको मिलेमतोमा जवरजस्ती दोस्रो व्यक्तिको नाममा जगा धनीपुर्जा बाँड्ने क्रममा २०४१–४२ र ४३ सालसम्ममा धनीपुर्जा बाँडेको थियो । चौथो बाटोको छेउमा, नदीउकास र जंगल क्षेत्र एलानी भएको ठाउँमा बसोबास गर्ने समुदायहरु छन् । यी समस्या समाधान गर्न नेपाल सरकारले भूमिसम्बन्धी समस्या समधान आयोगले यी सबै काम गर्ने बताए । स्थानीय सरकार रहुञ्जेलसम्म सबै राजनीतिक दल, जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न उनले आग्रह गरेका छन् ।

सम्बन्धित खवर