साइनो समाचारदाता । बलिउड अभिनेता आफताब शिवदसानीलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती निन दुसांजले शनिबार छोरीलाई जन्म दिएकी छिन् । आफताब शिवदासानी र निन दुसांजको पहिलो छोरीको रुपमा छोरी जन्मिएकी हुन् । उनले श्रीमती र छोरीसँग सोसल मिडिया अकाउन्टमा फोटो पनि सेयर गरेका छन् ।
फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘स्वर्गको एउटा टुक्रा धर्तीमा पठाइयो… भगवानको आशिर्वादसहित । निन दुसांज र म आफ्नी छोरीको जन्मेको खबर सुनेर निकै उत्साहित छौं । हामी गौरवान्वित आमा–बुवा र तीन व्यक्तिको पूरा परिवार हौं ।’
















