जीवनमा टमाटर राेप्नु कि विचार राेप्नु ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

जीवनमा टमाटर राेप्नु कि विचार राेप्नु ?

 

√टंक सेलिङ

साहित्य/कला समाजका लागि उत्पादनका साधन हुन् भन्ने मार्क्सवादी दृष्टिकोण सत्य नजिककाे तथ्यमा देखिन्छ । साहित्यकार/कलाकार भनेका समाज र समुदायका मजदुर वर्गलाई “गलत चेतना ( False consciousness)”बाट मुक्त गराउने साधन भएकोले, एउटा कविता लेख्नु, एउटा पुस्तक प्रकाशन गर्नु र साहित्यक/ सामाजिक अभियान चलाउनु एउटा उत्पादनमूलक काम हाे ।
फ्रान्सेली मार्क्सवादी पीरी म्याचरी भन्छन्- “श्रममार्फत् शैली, भाषा तथा विचार लगायत अनुभूतिका अन्य सबै कच्चापर्दाथ सबै उत्पादित बस्तु हुन् । कृतिमा रूपान्तरण भएपछि, वैचारिक मालले मूल्य प्राप्त गर्छन् । त्यसैले, कवि/ लेखक/कलाकार “उत्पादक हुन ।” मार्क्सवादी मित्रहरूबाटै कवि, कलाकार र लेखकमाथीकाे गलत बुझाई हेर्दा, म्याचरीलाई एकपटक पढ्न अाग्रह गर्दछु । बजारवादी समाजकाे, विनियमलाई बुझ्दा, मान्छेले गाउनु, गाउने कार्यक्रम गर्नु र लेख्नु उत्पादन नै हुन् ।
दाेस्रो कुरा, टमाटर राेपेर मात्रै या बङ्गुर पालेर मात्रै उत्पादन गरेको ठहरिन्दैन । कृषि उत्पादनमा लाग्नु राम्रो हाे तर अर्थतन्त्र काे परिचालन र नियन्त्रण शक्ति, सत्ता र बजारले गरेको हुन्छ । जस्तैः प्रदेश-१ काे झापामा, एकताका बङ्गुर उत्पादन अत्यधिक थियोे र माग पनि थियोे तर जब भारतले आयात राेकिदियाे, धेरै लगानीकर्ताकाे पूँजी घाटामा गयाे । अर्को उदाहरण, काठमाडौंमा कावेली सहकारीले ५००० केजी माछा उत्पादन गर्याे बजार पाएना तर ईण्डियाबाट अाएकाे विषादियुक्त माछाले महङ्गो मुल्यमा बजार पाईरहेकाे छ ! मार्क्सका अनुसार, अाधार(base)लाई अधिरचना (superstructure)ले, कन्ट्रोलमा राखेको हुन्छ । अाधार (Base)मा अार्थिक उत्पादनकाे काम हुन्छ । त्यसैले, ग्रामीण अर्थतन्त्रकाे विकासका लागि जतिसुकै गरे पनि बजार नपाएपछि टमाटर र दूध सडकमा फाल्नुपर्ने अवस्था अाँउछ । नाेबेल पुरस्कार विजेता, मुहम्मद युनुस जस्तो ग्रामीण बैंक खाेलेर नयाँ विचारकाे प्रयाेग गर्ने भए ठिकै छ । नभए, ग्रामीण अर्थतन्त्रको कुरा, मूतकाे न्यानो नहाेला भन्न सकिन्न ।
अन्त्यमा, मार्क्सवादी चिन्तक एल्थ्यसुरले भने जस्तै काल्पनिक एकत्वमा बाँच्दै खुसी हुनुपर्ने देखिन्छ । कहिले, नेपाल सरकारकाे मन्त्री भएको “गलत चेतना (False consciousness)” बाेक्याे कहिल्यै शाखा अधिकृत भएको त कहिले मेयर भएको त कहिले ताेरीलाहुरे भएको False consciousness लिएर बाँच्याे । मार्क्सका अनुसार, False consciousness बाट बाहिर निकाल्ने उत्प्रेरक भनेको कवि/लेखक/ कलाकार हुन् । सुकरात, प्लेटाे र एरिस्टाेटलले भने जस्तो खुसी उत्पादन गर्ने संम्वाहक पनि तिनै लेखक, कलाकार र कवि हुन् । जुन समुदायमा कवि, लेखक र कलाकारकाे धेरै उत्पादन हुन्छन् त्यो समुदायले कालान्तरमा सत्ता निमार्ण गर्छ । त्यसैले, कवि, लेखक र कलाकारलाई अपमान होइन सम्मान गराैं । चेतना र ज्ञान उत्पादनमा गराैं !
धन्यवाद !

(लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ता एवम् याक्थुङ् लेखक सङ्घ नेपालका महासचिव समेत रहेका टंक सेलिङले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर