याङ्बेनको परिचय र परिकार : - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

याङ्बेनको परिचय र परिकार :

√शिव सुब्बा इस्वाे
याङ्बेन (झेउ) लेकाली वन जंगलको रुखको हाङ्गाबिगामा विशेष गरेर ओखर, कटुस, उतिस, चुत्रो र ढुंगामा टाँसिएर रहेको हुन्छ । जालीदार गुचुमुच्च आकारको हुन्छ । यसको विकासक्रम लेउ वा ढुसीबाट गुणात्मक रुपमा फैलिएर जान्छ । याङ्बेन (झेउ) विभिन्न प्रकारका हुन्छन् । (क) यो ढुंगा वा रुखको हाँगाको बोक्रा सतहमा टाँसिएर पात आकारको भएर फैलिएर बसेको हुन्छ । (ख) रुखको बोक्रा वा हाँगाको सतहमा मसिनो हाँगा–हाँगा परेको (फाटेको) गुचुमुच्च फस्टाएको हुन्छ । (ग) ढुँगा वा सुकेको, मक्किएको रुखको सतहमा टाँसिएर रहेको फुस्स–फुस्स धुलो उड्ने झ्र्ने सुनौलो, बैगुन, सुन्तला रंगको हुन्छ । त्यसैले जंगलमा याङ्बेन (झेउ) टिप्न जाँदा जात प्रजात छुट्टयाउन सक्ने अनुभवी मान्छे चाहिन्छ । यसको जात पहिचान भनेको रुखको हाँगाको बोक्रा सतहमा टाँसिएर पात आकारको भएर फैलिएको कालो, खैरो रंगको गुचुमुच्च पोको भएको आकर्षक किसिमको थुंगा हुन्छ । यो लेउ वा ढुंसी प्रजातीको भएकोले यसको वंश विस्तार कमिला, शंखेकिरा, झुस्लिकिराले गरेको हुन्छ । कमिला, शंखेकिरा, झुस्लिकिराको जीउमा यसको ढुंसी टाँसिएर रहेको हुन्छ । ती जीव जता–जता जान्छन् त्यतै–त्यतै ढुंसीहरु झर्ने र छरिने भएकोले याङबेन (झेउ) फैलिन्छ । ओसिलो, घना जंगल, कम घाम पुग्ने स्थानमा पाईन्छ । यसले आफ्नो तौलभन्दा २० गुना बढी पानी सोस्ने क्षमता राख्दछ । बोट बिरुवाले झैं पानी सोस्ने र आवश्यक पोषक तत्व ग्रहण गर्दछ । रुखको बोक्रा सतहमा टाँसिएर रहे पनि यो ढुंसी परजीवी नभई माध्यम मात्रै हो ।
विश्व ब्रम्हाण्डको मौसम परिवर्तनको प्रकोपले गर्दा याङ्बेन (झेउ) को अस्तित्व खतरामा रहेको पाईन्छ । पहिला घर नजिकैको जंगलमा पाईने अहिले याङ्बेन (झेउ) खोज्न निकै लेकाली क्षेत्रमा पुग्नु पर्ने अवस्था छ । च्याउ जस्तै याङ्बेन (झेउ) को अस्तित्व कायम राख्नका लागि याङ्बेन (झे) प्रजाति ढुंसी संकलन गरी ल्याबमा विकास गरेर कृषि उत्पादनमा ल्याउन जरुरी भैसकेको छ । कृषि विज्ञान अध्ययन गर्ने सोधकर्ताहरूले यो विषयमा खोज अनुसन्धान गर्न सकेमा राम्रो विषय छनौट हुन सक्छ ।
याङ्बेन (झेउ)लाई जंगलबाट टिपेर ल्याईसकेपछि राम्रोसँग केलाउनु पर्दछ । ठूलो भाँडामा ( याङ्बेन) झेउ लाई खुल्ला, (नखाँदिने तरीकाले) खरानी हालेर ३–४ घण्टासम्म उसिन्ने । खरानीले याङ्बेन (झेउ) मा टाँसिएर रहेको फोहोर, मैला, अनावश्यक ब्याक्टेरियालाई तातो पानीको तापमा पखाल्ने धुने काम गर्दछ । त्यसरी उसिनिएको याङ्बेन (झेउ) लाई चिसो पानीले मज्जाले पखाल्नु पर्दछ । भण्डार गर्नको लागि गुन्द्री, मान्द्रोमा राखेर चर्काे घाममा सुकाउनु पर्दछ । त्यसरी सुकाईएको याङ्बेन (झेउ) लाई आवश्यकता अनुसार पकाएर खान सकिन्छ ।
🔹 याङ्बेन (झेउ) बनाउने तरिका (२ जनाको लागि)
क्र.सं. मिश्रण विवरण मात्रा :
१. याङ्बेन (तातो पानी हालेर नरम बनाई राख्ने) – २५० ग्राम
२. सुँगुरको बोसोसहितको टुक्रा पारिएको मासु – १०० ग्राम
३. सुँगुरको टुक्रा पारिएको आन्द्रा – १०० ग्राम
४. सुँगुरको टुक्रा पारिएको मुटु/कलेजो – १००/१०० ग्राम
५. सुँगुरको रक्ती – २०० ग्राम
६. टमाटर मसिनो काटेको – १०० ग्राम
७. प्याज काटेको – २ वटा
८. खोर्सानी धुलो – १ चम्चा
९. धनिया धुलो – १ चम्चा
१०. अदुवा पेस्ट – १ चम्चा
११. लसुन पेस्ट – १ चम्चा
१२. बेसार – आधा चम्चा
१३. तेल – २०० एम् एल्
१४. हरियो धनियाँ (मसिनो काटेको) – १ मुठा (सानो)
१५. नून – स्वाद अनुसार
🔹 पकाउने तरिका :
तातो कराहीमा तेल हाल्ने । तातो तेलमा प्याज फुराउने । प्याज फुरिएपछि टुक्रा पारिएको मासु र आन्द्रा हालेर चलाउने । मासु र आन्द्रा ५०% पाके पछि टुक्रा पारिएको मुटु र कलेजो हालेर पकाउने । टुक्रा पारिएको टमाटर हालेर एकछिन छोपेर पकाउने । क्रमबद्ध तरिकाले नून, खोर्सानी धुलो, धनियाँ धूलो, अदुवा पेस्ट, लसुन पेस्ट, बेसार हालेर राम्रोसँग चलाउने । त्यसपछि सुँगुरको रक्ती (रक्ती एकै ठाउँ पोको नपर्ने तरिकाले) हालेर राम्रोसँग चलाउने । मासु, मरमसला र रक्तीसहितको मासु पाके पछि अन्तिममा याङ्बेन हालेर सानो आगो बनाएर राम्रोसँग छोपेर पकाउने । तयारी याङ्वेनमा माथिबाट मसिनो काटेको हरियो धनियाँ हाल्ने । अब याङ्वेन खानका लागि तयार भयो ।
धन्यवाद ।
पर्ख्यौली थलो तेह्रथुम आठराई खाम्लालुङ २ वाईफुङ (अहिले आठराई गाउँपालिका वडा नं २) हुँदै हाल धरान उपमहानगरपालिका वडा नं. १९ सुनसरी

(वाटर पिउरीफिकेसन सिस्टमसँग सम्बन्धित व्यवसायी, कियाचु सुनसरी सदस्य, तान्छोप्पा मासिकको सुनसरी प्रतिनिधि समेत रहेका लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर