याक्थुङ (लिम्बु) संस्कारमा युप्पारुङ, नाजङ् र खेम्जङ् : - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

याक्थुङ (लिम्बु) संस्कारमा युप्पारुङ, नाजङ् र खेम्जङ् :

√टंक वनेम
याक्थुङ (लिम्बू) मौलिक संस्कारमा युप्पारुङ (बैना) बाँधी दिँदा गरिएको वाचा बन्धनले लिम्बु समुदायमा विवाह भनेको एक करार हो भन्ने मान्यता राख्थ्यो/राख्छ । करार गर्दाका सर्तहरू पूरा नभए वा नगरिए नारीे वा पुरुषले करार भङ्ग गर्न सक्ने चलन थियो/छ ।
नारीलाई पुरुषले करार गर्दा बाँधी दिएको योप्पालुङ (बुढाले पछ्यौरामा बाँधी दिने ढुङ्गाको बैना) अथवा युप्पारुङ (चाँदीको रुपैयाँ चलनमा आए पछि हुनेवला बुढाले हुनेवला स्वास्नीलाई पछ्यौरामा बाँधिदिने एक रुपैयाँ चाँदीको ढ्याके पैसा) ढ्याक पुरुषको निधारमाथि हुत्याई दिएर नाजङ् अर्थात् लोग्नेलाई स्वास्नीले छोड–पत्र दिई स्वतन्त्र हुन पाउने अधिकार र मान्यता थियो/छ । पुरुषले पनि चाहेको खण्डमा खेम्जङ् अर्थात् पतिको तर्फबाट गरिने पारपाचुके गर्ने अधिकार राख्थ्यो/राख्छ । यद्यपि लिम्बुहरूको यो सांस्कृतिक चलन हराइसकेको छैन ।
निम्न फार्से पत्र अनुसार एक लोग्नेले स्वास्नीलाई वि.सं. १९६२ साल वैशाख १० गते एक रुपैयाँ सिन्दुर पुछौनी नगद दिई छोड पत्र गरेका छन् । यसबाट के बुझिन्छ भने याक्थुङ (लिम्बु) संस्कारमा लोग्ने वा स्वास्नीले छोड पत्र गर्दा कुनै ठूलो आर्थिक कारबार गर्दैन्थे । अर्को कुरा वि.सं. १९६२ साल वैशाख १० गतेसम्म बूढीऔँलाको ल्याप्चे नलगाई क्रस चिन्ह मात्र लगाइने गरिदो रहेछ भन्ने पनि बुझिन्छ ।
तस्वीरमा एक फार्से पत्र

मैवाखोला ढुङ्गे साँघु, ताप्लेजुङ
हाल बरमिङ्घम, यूके

(लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर