खुशी कहाँ होला ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

खुशी कहाँ होला ?

√दीपा लक्सम
इतिहासतिर फर्केर हेर्दा मानिसकाे समाज कुनैबेला शिकारी युगमा थियाे । एक अर्कामा मिलेर शिकार गर्थे, खान्थे । यसरी नै कयौं वर्ष आफ्नो दिनचर्या बिताइहे । मानिसमा भएको चेतनाका कारण यो समाजबाट अझ विकसित समाजको कल्पना गरे । परिणामस्वरूप कृषि युगमा प्रवेश गरे । यसरी नै कृषि समाजबाट पनि अौद्याेगिक समाज हुँदै सूचनाको युगपछिको सञ्चार युगमा प्रवेश गरिरहेका छौँ । त्यसैले, यस युगमा जमिन,श्रम र सम्पत्तिभन्दा पनि महत्त्वपूर्ण कुरा ज्ञान सूचना र काम लाग्ने विचार भएको छ । खुशीको खोजी गर्न भगवानको शरणमा पुग्थे । खुसीको खोजीमा घर-परिवार, समाज तथा गाउँबाट टाढिएर भगवान दर्शनका लागि तपस्या गर्थे । तर उनीहरूलाई थाहा हुन पुग्यो भगवानको वास कहीँ कतै नभएर आफूभित्र नै हुँदो रहेछ । त्यसैले, आफ्नो अन्तरआत्मा नै भगवानको खोजी गर्नका लागि कठिनभन्दा कठिन तपस्याहरू गरे । जस्तै: गौतमबुद्धले ६ वर्ष कठिन तपस्या गरे भने महावीरले १२ वर्ष । यसैगरी जिससले त्यो तातो मरुभूमिमा ४० दिनसम्म कठिन उपवास गरेर ज्ञान प्राप्त गरे । जुन उनीहरूले पाएको ज्ञान संसारका सारा मानव समुदायलाई सूचना प्रवाह गर्न थाले। आफ्नो विचार दिन थालेल। उनीहरू सबैको प्रयास सारा मानव जातिलाई खुशी दिलाउन थियो । मोक्ष दिलाउनु थियो । मानिसको चेतना विकास हुने क्रम जारी नै रह्यो । फलस्वरूप मानिस विस्तारै आधुनिक समाजमा प्रवेश गर्न लागे । आधुनिक समयको सुरुवात सँगै विज्ञान र प्रविधिको विकास हुँदै गयो । अब मानिसहरु खुसीको खोजीमा भगवानको खोजी गर्न छाडेर पैसाको खोजीमा निस्किए १८ अौँ शताब्दीको अन्त्यसगै संसारमा अौद्याेगिक क्रान्तिहरु हुन थाल्यो । जुन क्रान्तिले विस्तारै कृषि युगलाई विस्थापित गर्दै लग्यो । जुन अौद्याेगिक समाजलाई कार्ल मार्क्सले नजिकबाट बुझ्ने काेसिस गरे । समाजमा दुई वर्ग प्रष्ट रूपमा देखा परे । एक मालिक वर्ग र अर्को मजदुर वर्ग ।
सता र शासन, ज्ञान र सम्पत्तिमा राम्रो पहुँच भएको व्यक्तिहरू मालिक बन्न कोशिश गर्न थाले । उनीहरूले विभिन्न संघ संस्थाहरू खडा गर्दै गए ।यसैगरी विभिन्न उद्याेगधन्दा र कलकारखाना स्थापना गर्दै बहुराष्ट्रिय कम्पनी खोले । बाँकी मजदुर वर्ग भए । मजदुर वर्गहरू विभिन्न संघसंस्था, उद्याेगधन्दा कलकारखानामा राेजगारीकाे नाममा गुलामी गर्न व्यस्त रहे । मानिसहरू वास्तविक खुसी भुलेर पैसाको खोजीमा परिवार, समाज, गाउँ तथा देशबाट नै बाहिरिन बाध्य बने । किनकि उनीहरूलाई गुजारा टार्न पैसा चाहिन्थ्याे । जुन मालिकको काम र सेवा गरे मात्र पाउन सम्भव थियो । यो कामको सुविधा र जागिरको सुविधा यिनै संघसंस्था तथा बहुराष्ट्रिय कम्पनीले मात्र उपलब्ध गराउन सक्दथ्यो । २० अौँ शताब्दीको प्रारम्भसँगै विश्वले दुई ठूला झड्का सामना गर्नु पर्‍याे । यो पहिलो विश्वयुद्ध (सन् १९१४-१९१८) र र दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) थियो । यसको परिणाम सन् १९५० र सन् १९६० को दशकमा देखा पर्‍याे । यो युद्धमा धेरैले आफ्नो परिवार गुमाए । कतिको शीर खाली भयो कतिको अंगभंग भए ।कतिको धनसम्पत्ति नाश भयो । जसको लेखाजोखा गर्न आज पनि कठिन भएको छ । यो युद्धको संकटमा नेपालीहरू पनि परेको थियो । अङ्ग्रेजले भाडाको सिपाही बनाएर लडाएको थियो । यो युद्धमा हाम्रो लिम्बु समुदायका दाजुभाइहरू पनि प्रत्यक्ष सामेल भई कैयाैँले ज्यान गुमाए । विश्वमा जताततै निराशा छायो । त्यस्तैगरि, विभिन्न महामारी सुरु भए । मानिसहरूको आनन्द, खुसी र हाँसो गुमे । सबैको साथमा दु:ख, पीडा र आँसु मात्र रहयो ।
आजपनि नेपालीहरू विशेषगरी लिम्बु समुदाय अौद्याेगिक युगको शिकार भइरहेका छौँ । अहिले पनि हाम्राे समुदायकाे चेतना गुलामी चेतनामा नै सीमित छ । कसैले दिएको काम, जागिर र पेन्सनको आशामा नै जिन्दगी गुजार्न बाध्य छाैँ । अझैपनि आफ्नो भावी सन्ततिलाई राम्रो पढेर, राम्रो अङ्क ल्याई राम्रो कम्पनीको कर्मचारी बन्नुपर्छ भन्ने उपदेश दिन्छौं । हाम्रो सोच राम्रो कर्मचारी बन्ने मात्र छ । तर हामीमा मालिक बन्ने चेतनाको विकास हुन बाँकी नै छ । हामीलाई याद हुन बाँकी नै छ जागिरले हाम्रो आवश्यकता मात्र पूरा गर्छ तर हाम्रो सपना पूरा गर्न सक्दैन । हामीलाई याद हुन बाँकी नै छ । अौद्याेगिक युग समाप्त भइरहेको छ । अझैपनि पैसाको खोजीमा आफ्नो वास्तविक खुशी भुलेर विदेशिने लहर जारी नै छ । अरुको गुलामी बन्नमा नै व्यस्त छौँ । आज पनि एक्लै विरक्त विदेशमा घुमिरहेका छौँ । परिवारबाट, आफन्तबाट, गाउँ समाज टाढिने क्रम जारी नै छ । तर, आज समय बद्लिएको छ । अौद्याेगिक युगको अन्त्य भइसकेको छ । हामी सूचना र सञ्चारको युगमा प्रवेश गरिरहेका छौँ । मानिसले आफ्नो वास्तविक खुसी पैसामा नभएर प्रणाली, ज्ञान र सूचना तथा सञ्चारमा खोज्न सुरु गरेको छ । खुशीलाई साध्य बनाई अगाडि बढिरहेको छ भने पैसालाई साधन मात्र । त्यसो भए वास्तविक खुसी कहाँ छ ? पैसामा या भगवानमा ? यी दुवैमा मानिसले वास्तविक खुसी पाउन सकेनन् । आज मानिसलाई द्विविधा हुँदैछ वास्तविक खुशी र आनन्द प्राप्त गर्न । आफ्नै माैलिक परम्परा र संस्कार, सस्कृतिमा फकदैछन् । मानिसहरू घरतर्फ फर्कने चाहना राख्दैछन् । आफ्नै समुदाय र परिवारतर्फ फर्कने चाहना राख्दैछन् । सुविधासम्पन्न शहरहरूका भीडबाट वाक्क भएर आफ्नै प्रकृतिको शान्त वातावरण खोजिरहेका छन् । कपटपूर्ण विदेशीको जालमा फसिनुभन्दा आफ्नै समुदायको दु:ख सुखमा रमाउन चाहिँ राखेका छन् । आफ्नो परिवार, साथीभाई र समुदायबाट टाढिएर होइन सँगै साथमा रमाएर काम गर्नलाई इच्छा राखेका छन् । यसैको परिणाम हो आज हाम्रो देश नेपालमा विभिन्न आदिवासी जनजातिहरूले आफ्नै मौलिक परम्परा, संस्कार र संस्कृतिको तीव्र खोज अनुसन्धान गरिरहेको छ । यिनै जातिमध्येको लिम्बु जाति हामीमा पनि यो चेतनाको विस्तार भइरहेको छ । आज विदेशी पहिरनमा सजिनको सट्टा ढाकामा सजिँदा हामी लिम्बु जाती हामिमा पनि चेतनाको विस्तार भैरहेको छ। आज विदेशी पहरिनमा सजिनको सट्टा ढाकामा सजिँदा हामी लिम्बु हुनको छुट्टै गौरव महसुस गरिरहेको छौँ ।हाक्पारे र पालाममा जति हाम्रो मौलिकता झल्केको पाउँछौ, त्यति डिस्को र बारमा पाउँदैनौँ । लुङ्घाचा र याङ्बेनको स्वाद पिज्जा र म्याकडोनल्डमा पाउँदैनाैँ ।
फेदाङ्ममा र येवाले जति हाम्रो संस्कार सस्कृतिको बारेमा बुझेको छ सायद पीएचडीवाला र विशेषज्ञले पनि छैन ।जति हाम्रो आफ्नै लिम्बु भाषामा आफ्नो पीडा र व्यथा कहन सक्छौँ चाहेर पनि अन्य भाषामा कहन सक्दैनाैँ । वास्तवमा हाम्रो आफनै मौलिक सस्कार र संस्कृति, भेषभूषा, भाषा, शैली र संस्कारमा नै वास्तविक खुशी र आनन्द लुकेको हुन्छ । आज हामी २१ अौँ शताब्दीको पूर्वार्द्धमा छौँ । सूचना र सञ्चारको युगले हामीलाई स्वागत गरिरहेको छ । यो समय अवसर र स्वतन्त्रताको हो । परस्पर सहयोग, मेलमिलाप र सामूहिक रूपमा काम गर्ने समय हो । हामी गरिब र गुलामी हुनाका कारण हामीसँगै पैसा नभएर होइन सपना र योजना नै नभएर हो । त्यसैले हामी लिम्बुहरू अब नयाँ सपना र योजना लिएर अगाडि बढ्नु आवश्यक छ । जसले हाम्रो समुदायलाई स्वतन्त्रता, खुशी र समृद्धि दिलाउन सकोस् । यो मैले कसैलाई या व्यक्तिलाई हेरेर लेखेको हैन यदि कसैलाई मिल्न पुगेमा माफी चाहन्छु । मेरो विचार मात्र व्यक्त गरेको हूँ ।
सेवारो । नोगेन ।
पान्थरको याङ्ररुप थुमको थर्पू (याङ्वरक गाउँपालिका) अहिले काठमाडौं
(लिम्बु विद्यार्थी मञ्चकी अध्यक्ष दीपा लक्समले  ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर