
√ विजय हितान
किक स्याम्प्लिङ र ब्लड् प्रेसर चेक एऊटै एऊटै
…………………………………………………..
खोलाको पिँधबाट स-साना जीवको नमुना संकलन गर्ने अति नै प्रचलित विधि हो – किक् स्याम्प्लिङ । यो विधिअनुसार :
खोला जता बग्दैछ (downstream) त्यतै फर्किने
जालीलाई खोलाको विपरित धारतिर फर्काऊने
अनि खुट्टाले पिँधको बगरलाई खलवलाऊने
यसो गरेपछि ढुंगाको तल लुकेर बसेका मसिना जीव जालीमा पर्छन्
अनि जालीलाई एऊटा बाल्टीमा खनाऊने
अनि त्यो नमुनालाई ल्याबमा माईस्क्रोसकोपको प्रयोग गरेर हेर्ने
अनि कुन प्रजातिको जीव कति संख्यामा छन् भनेर पहिचान गरिन्छ ।
एक डाक्टर भएर ब्लड् प्रेसर चेक गर्न जान्नुपरे जस्तै एक इकोलोजिस्टले किक स्याम्प्लिङ गर्न जानेको हुन्छ ।
खोलाको स्वस्थ इकोलोजी स्वच्छ पानीको साथै त्यहाँ पाईने विविध जीवहरूमा निर्भर गर्दछ ।
एक मानिसको स्वास्थ्य ब्लड् प्रेसर चेक गरेर थाहा पाएजस्तै किक स्याम्प्लिङ गरेर एक खोलाको इकोलोजी जान्न सकिन्छ ।
( हितानजीले वातावरण विज्ञानमा ब्याचलर डिग्री गर्दा बनाएको स्केच तल छ ।)

( पूर्व ब्रिटिस गाेरखा सैनिक समेत रहेका विजय हितान मगरजी साहित्यकार पनि हुन् । वातावरणविदका रूपमा काम गरिरहेका हितानजी नेपालकाे पाैँदी अमराई गुल्मी, बुटवल हुँदै यूके अाइपुगेका हुन् । पाँच कृति प्रकाशित गरिसकेका उनी विशेषतः वातावरण साहित्य र युद्ध साहित्यका पक्षमा वकालत गर्छन् । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेका पूर्व अध्यक्ष समेत रहेका विजय हितानले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।
लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)
















