बाजेलाई ‘लौरी’ उपहार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बाजेलाई ‘लौरी’ उपहार

√रन्जुला लिम्बु
घामको किरणसँगै बिउँझनु हुुन्छ र घाम अस्ताएसँगै आफ्नो बस्ने, सुुत्ने कोठामा प्रवेश गर्नुहुुन्छ ।
“बाजे” आफैँमा प्यारो शब्द ।
तपाईहरूलाई बाजे भन्नेबित्तिकै के सम्झना आउँछ ?
कस्ता घटनाहरु आँखामा नाच्छन् ?
कि बाजेसँग बिताएको कुुनै पल नै छैन ?
सबैको बाजेसँग बिताएका पलहरू फरक अनि भिन्न होला ।
तपाइलाई म मेरो बाजेसँग जोडिएको केहीँ रमाइला पलहरूका साथ बाजेका संर्घषका कथा सुुनाउँछु ।
*** *** ***
तेह्रथुमको फेदाप गाउँपालिकामा साविक ओयाक्जुुङ ५ मा जन्मिनु भएको बाजे (टिकाराम मादेम्बा लिम्बू) यस पटक ८४ आंै जन्मउन्सव मनाउँने तयारीमा हुुनुुहुुन्छ । तर, मलाई त कहिले लाग्दैन कि उहाँ चौरासी वर्ष पुुग्दै हुुनुुहुुन्छ । उहाँ मेरो नाताले बाजे, हामी लगभग २÷३ वर्षदेखिसँगै बस्ने अवसर मिलेको छ । अच्चमको कुुरो त के छ भने यस्तो पाको उमेरमा पनि रोगव्याधी त परै जाओस वर्षमा कहिलेकाहीँ झुुक्किएर रुघाखोकी लागेको बाहेक अरु केहीँले पनि हमला गर्न सकेको छैन । स्वास्थ्यप्रतिको सजकताले पनि होला जिन्दगीमा पहिला एकपटक बाहेक हस्पिटल बसेको अनुुभव छैन भन्नुुहुुन्छ । सामान्य दालभात, दिनको २ पटक रक्सी, ३ पटक कालो चिया लगायतका कुराहरु नै उहाँको स्वस्थबद्र्धक खानपान हो । अहिलेको समसामयिक घटनामा खुुब चाख दिएर सुन्नुुहुुन्छ । परिवारमा कसैको समय खाली छ भन्ने मेसो पाउने वित्तकै बहस गर्न सुुरु गरिहाल्नुु हुुन्छ । उहाँ र मेरो प्राय कुरा मिल्छ । त्यहीँ कुरा मिल्ने भएकोले कहिँले घण्टौँसम्म समय बितेको पत्तो हुुन्न । उहाँबाट मैले धेरै ज्ञान गुुणका कुरा सिकेको छु । उहाँले दिनुुभएको ज्ञानगुुणको कुरा कुुनै अंकमा बाड्ने नै छुु तर यस बसाइमा उहाँले जीवनमा गर्नुु भएको संर्घषको केहीँ कुुरा उप्काउने कोशिस गरेकी छु ।
*** *** ***
विहानको खाना खाएपछि छतमा घाम ताप्नुु उहाँको दैनिकी हो । घामको तापसँगै बाजेको कुरा कति न्यानो हुुन्छ भन्ने बाजेसँग संगत गरेसी थाहा भयो । दिन त्यसरी नै सुुरु भो सदा झै, बाजे घामको न्यायोपनसँगै वरपरको दृश्य अवलोकन गर्दैहुुनुुहुुन्थ्यो । लकडाउनले गर्दा, मेरो पनि काम नभएको । बाजे भएतिर नै म पनि पुुगे । त्यस्तो विशेष कुरा गर्न त केहीँ थिएन, अल्छीपनलाई भुलाउन उहाँसँगै दृश्य अवलोकन गर्न थाले । ठाउँ भक्तपुर । खासै बाक्लो बस्ती छैन । खाली खेत, खेतमा हरीयो सागसब्जी, मनमोहक दृश्य । यहाँबाट देखिने दृश्यको अवलोकन गर्ने जो कोहीले पनि यो ठाउँमा सुुन्दर महल बनाउने सपना बुुन्छन् । तर, सपना बुुन्ने सबैको साकार कहाँ हुुन्छ । सपना पैसासँग जोडिएको छ । हामी उभिएको ठाउँ वि.स. २०५७ सालतिर आनाको ५० हजारको दरले ५ आना किनेको रे । अहिले आनाको २० देखि ३० लाख पुुगेको छ । हामी बसेको ठाउँलाई किरात टोल भन्छन् । पहिला राईहरुको बाहुल्यता बढी थियो । त्यहि भएर किरात टोल भनि नामकरण गरिएको भन्छन् स्थानीय बासिन्दा । आज राईभन्दा लिम्बुको संख्या बढ्दैँ गइरहेको छ । इच्छाशक्ति भएकोले यस ठाउँमा नजर पर्ने वित्तिकै महल खडा गरेर नै छाडेको कुरा मैले निकै देखिसकेको छु ।
आजको परिस्थिति जस्तो भोलि नरहन पनि सक्छ । त्यहीँ मौका छोपी बाजेसँग एउटा सेल्फी लिने निर्णय लिए । लिएको सेल्फीफोटो मोवाइमा मात्र राख्न मन मानेन । फोटोलाई सार्वजनिक गर्ने निर्णय लिए । फोटो फेसबुुकमा राख्ने पक्का भो तर क्याप्सन चाहीँ के राख्ने भन्ने कुुरोमा अन्योलमा परे । सामान्य सम्बन्ध झल्काउँने हिसाबले मात्र दुुई शब्द लेख्नुु पर्ला भन् सोचे । तर, लेख्दै जादा दृश्य अवलोकन गर्दा भएको कुुराकानी क्याप्सन बन्न पुुगेछ । फोटो पोष्ट गरे । पोष्ट भएको केहीँ समयमा कमेन्ट, म्यासेन्जर लगायत प्रत्यक्ष भेटघाटमा फोटो भन्दा क्याप्सनले बढी मन तानेको प्रतिक्रिया पाए । उहाँहरुको प्रतिक्रियासँगै बाजेको जीवनीलाई अझ नजिकबाट नियाल्ने उर्जा मिल्यो ।
*** *** ***
अर्कोदिन, बाजेलाई कालो चिया मन पर्ने हुुँदा कालो चिया लिइ छततिर लागे । बाजेसँग कुरा गर्न खासै असहज थिएन । कालो चियाको चुुस्कीसँगै कुुरा कहाँबाट थालौ भन्ने सुुर हेरिरहेको थिए उत्तिनै बेला उहाँले भन्नुुभयो “यो बाटो धेरै शूून्य छ । सधै २÷३ बजेतिर केटाकेटीहरु स्कुुलबाट फर्कदै हुुन्थे ।” यहीँ मौका छोपी मैले पनि सोधिहालेँ ‘बाजे तपाई बच्चा बेला कस्तो हुुनुुहुुन्थ्यो ?’ उहाँको बाल्यपनको मात्र के कुरा निकालेको थिए उहाँ धान नाचको कुुराबाट जीवन यात्रा थालनी गर्नुुभयो । भन्नुुहुुन्छ “सानो छँदा खासै याद भएन ११÷१२ वर्षको उमेरदेखि धान नाच्न सुुरु गरेको सम्झना छ । हाम्रो जवानामा धान नाच्नु बाहेक अरु केही त थिएन, पढालेखा भनेको कसै कसैले मात्र हो । धान नाच्न भनेसी तेह्रथुमको कुनै ठाउँमा या कुुनै अवसरमा उठेको मेला, बजार कतै पनि बाँकि राखिएन । त्यसको अलावा ताप्लेजुङ संखुवासभा, धनकुुटासम्मको बजार पनि धाइन्थ्यो । बैस त बैस रहेछ, कहिले थाकेको अनुुभूति भएन । जति नै खेतबारीमा खनजोत गरे पनि बजारमा तरुनीको हात समाउन भ्याइ त हालिन्थ्यो ।” उहाँले बोलीरहदा यस्तो लाग्यो, अहिले हामी बाँचेको वर्तमान उहाँहरुको लागि दिक्दार बन्दो हो । एउटा बन्द कोठाबाट संसार नियाल्ने अवसर पाएतापनि व्यक्तिको प्रत्यक्ष रहनसहनसँग परिचयात्मक हुुँन कि त अध्ययन अनुुसन्धानको लागि विषयवस्तुु नै बन्नुपर्छ ।
सोचैसोचमा बाजे बोल्नुुभएको ख्याल गरिन छुु बीचमा नै जिस्क्याउने पाराले सोधे ‘बाजे मेला, बजार जाँदा सोल्टीनीहरुको आकर्षणमा परौँ भन्ने हिसाबले कसरी बन्निनुु हुुन्थ्यो ?’ उहाँ बढो उत्साहित हुुदैँ बोल्नुुभयो “हाम्रो पालामा खासै नक्कल झक्कल थिएन, मेला, बजार जाँदा लगाउँन भनी साचेर राखेको जुुत्ता लुगाफाटो भन्दा पनि प्यारो लाग्थ्यो । उ बेला छोरा मान्छेको मुख्य पोशाक दाउरासुरवाल र जुुत्ता थियो । कसै कसैेले रातो गलबन्दी र त्यसमा नक्कल पार्न अन्दङ फुङ (बाबरी फूल मीठोे वास्नाका लागि) कोटमा झुन्ड्याउँथे । छोरी मान्छेको लागि खाडिको सारी, चौबन्दी चोली, पछ्यौरी लगायत गरगहना । जति गहना लगाए पनि खुटा भने खालि नै रहन्थ्यो । खै सामाजिक संस्कारले गर्दा हो या बनाउँनेले छोेरी मान्छेको लागि जुत्ता नबनाइदिएर हो महिलाहरुले जुुत्ता लगाएको कहिले देखिन । तर, त्यहीँ खालीे खुट्टामा गज्जबको ‘लाङ्बागी’ (चादिको एक प्रकारको गहना) ले नै खुुट्टालाई शोभा दिन्थ्यो ।”
उहाँले भनिरहनुु भएको मेला, बजार हामीले कल्पना मात्र गर्न सक्छौँ । अहिले त्यस्तो मेला, बजार सायदै उठ्दैनन् । मेला बजार भन्ने वित्तिकै म पनि बढो उत्साहित भए अनि सोधे ‘बाजे मेला, बजारको माहोल कस्तो थियो ?’ उहाँले भन्नुुभयो “चेलीमाइती कुुर्लिदै बजार पुगेको हिजो जस्तो लाग्छ । बैसमा त अलिअलि राम्रो नै थिए होला क्यार भने जस्तो मिठो स्वर भएकी सोल्टीनीको हात समाउन पाउँथे । अहिलेको जवानामा राम्री भनेको अनुहार हेर्छन् केटाहरु, हाम्रो पालामा त स्वर हेरिन्थ्यो । जसको स्वर राम्रो, सुरिलो उ नै सबै केटाहरुको आँखाको तारो बन्थ्यो ।” बाजे बीचमा रोकिनुु भयो, धेरै लामो समय बोल्दा सास नपुुगेर हो या मलाई बोल्न मौका दिनलाई त्यहीँ अवसरमा मैले सोधे ‘बाजे तपाईको बैसमा धान नाच्ने टन्नै सोल्टीनी थिए ?’ प्रश्नको प्रश्न चिन्न लाग्दा नलाग्दा बोल्नथाल्नुु भयो “होइन, बजारमा धान नाच्नलाई चिनजानको सोल्टीनी नै हुुनुपर्छ भन्ने हुदैनथ्यो । यदि चिनजानको भए पहिलो भेटमा बाचा, कबुल गरे अनुुसारबाट नै पलामको थालनी हुन्थ्यो । यदि चिनजानको नभए तीन पुस्ते साइनो केलाइ नलागेको खण्डमा धान नाच्न सुरु गरिन्थ्यो । उ बेला त मेरो स्वर पनि खुब राम्रो थियो भन्थे । बेलाबेला सोल्टीनीहरुले प्रशंसा गरिरहन्थे । थाहा भएन साँचै होकी फु¥क्याउनलाई मात्र भनेका हुन्, बैँस नै नक्कले म पनि खूब मक्ख पर्थे ।” यति भनिरहदा बाजेलाइ एकपटक पुर्लुक्क हेरे र भन्न त मन लागिराथ्यो बाजे एउटा पालाम सुनाउँनुहोस् न । तर के गर्ने मेरो यो प्रस्ताव राख्दा नराख्दा कहाँ सास पुग्छ पालाम भन्नलाई भनि जवाफ आयो भने म त नाजवाफ हुन्थे । बाँकी कुरा गर्नलाई असहज हुन्छ भन् ठानेर प्रश्न गरिन् ।
जिज्ञासा नै जिज्ञासाले ओतप्रोत भएको यो मेरो मनले ८० वर्षे बुढो बाजेलाई कतै प्रश्न गरेर दिक्दार त लगाएको छैन भनी शंकालु आँखाले उहाँको मुहार पढ्ने कोशिस बेलाबखत नगरेको भने चाहीँ होइन । तर, मेरो छड्के परिक्षणले फेल खान्थ्यो । यसरी आफ्नो विगतका क्षणहरु सम्झिरहदा उहाँको अनुुहारको चमक सायदै यहाँ शब्दमा वर्णन गर्न सक्दिन । त्यस्तो उर्जा, शक्ति देखिन्छ मानौँ उहाँ बैसालु जीवनमा लिप्त हुनुुहुुन्छ । अहिलेको युवापुस्तालाई भन्दा कथा जस्तो लाग्छ साँच्चिकै बाजे सात दिन सात रात धान नाच्नु भएको रे । पुुसे मेला होस् या रामनवमी, मदन मेला होस या चण्डीपूर्णे बाजे नपुगेको सायदै कम ठाउँ होला । अहिलेको नयाँ पुस्तालाई पालाम के हो भन्नलाई इतिहासको पुुस्तक पल्टाउँनुु पर्ने अवस्था आइसक्यो । बाजेलाई सोधे ‘सात दिन, सात रात धान नाच्नलाई व्यवस्थापन कसरी गर्नुहुुन्थ्यो ?’ उहाँ तुुरुन्त बोल्नुुभयो “पालाम भन्ने कुरा यस्तो चिज हो जहाँ कुन दिन, कुन रात भन्ने कुराको पत्तो हुँदैन थियो । धन्न चेलीहरुले चाम्म्रे, मकै, गहँुुको रोटी लगायत मौसमअनुुसारको खाजा बोकेको हुुन्थे । खूब मीठो लाग्थ्यो । त्यसैमा दुइ बटुका जाँड अमृत नै पिए जस्तो । २४ घन्टामा दुइ पटक खान पाइन्थ्यो । सम्झिँदा पनि अहिलेको चौरासी व्यञ्जनले छुँदैन ।”
*** *** ***
सोल्टीनीको कुरा आउँने बितिक्कै खै किन हो बाजेलाई खुुब जिस्याउन मन लाग्थ्यो । ख्यालख्याल गर्दै सोधे ‘त्यति लामो समय धान नाचेको सोल्टीनीको हात अन्त्यमा कसरी छोड्नुुहुुन्थ्यो ?’ म जिस्किने मोडमा भए पनि बाजे भने निकै मार्मिक देखिनुुहुुन्थ्यो । उहाँले भन्नुुभयो “मेला, बजारको अन्त्यसँगै जसोतसो सोल्टीनीहरुसँग अर्को मेलामा भेट्ने बाचा गर्दै विदा मागिन्थ्यो । बाटोमा सोल्टीनीले पालाम मार्फत बगाएको उनको मनको भावना मन, तनमा सल्बलिन्थ्यो । घर नजिक पुुगेको पत्तो हुदैन थियो । तर, जब तल्ला घरे काकाको आगन टेक्न मात्र के पुगिन्थ्यो बुबाकोे आक्रोश प्रष्टै सुनिन्थ्यो । बाबुु त्यो बेलाको सुुब्बा हुुनुुहुुन्थ्यो । बाबु सुतेको दाऊ पारी बिस्तारै चोर विरालो जसरी घरमा घुस्नुको विकल्प भन्दा अरु केहीँ थिएन । जति नै चलाख भए पनि आमाले चाहीँ छोरा आएको गन्ध पाइहान्नु हुन्थ्यो । विहान बुबालाई छोरा घर आएको चाल दिन बारीमा भएको काठको मुढा घरको आगनमा बजार्न सिपालु भइसकेको थिए । बाबुको आँखा तर्काइसँगै दिनको सुरुवात सोल्टीनीको मिठो आवाजको सम्झनामा वित्थ्यो । अहिलेका केटाकेटी दिन विताउँनलाई नाना थरीका गीत सुन्छन्, हाम्रो पालामा सोल्टीनीको आवाजले नै गीत, सङ्गीतको परिपूर्ति गथ्र्यो । अहिलेको जस्तो हातहातमा मोबाइल, टीभीको जवाना कहाँ थियो त । रेडियोसम्म लाहुरे या अरबेको घरमा मात्र हुन्थ्यो ।” बाजेले २०२० साल पछि मात्र रेडियो देख्नुुभएको दन्त्य कथा जसरी भन्नुु भयो । “तल्लाघरे साइला दाइले लाहुुरबाट रेडियो ल्याएछ, के अचम्मको चिज भनि सुुन्ने, र हेर्नेको भीड नै लाग्यो । अहिले सम्झदा तारादेवी, नारायण गोपालको स्वर क्यार रेडियोमा बजिरहेको थियो । पालाम मात्र सुनिरहने कानले यस्तो गीत सुुन्दा अनौठो लाग्ने त भइहाल्यो नि ।”
बाजेको कहानी सुुन्नलाई मलाइ त खुुब मज्जा लागिराथियो । बाजेलाई दिक्क लाग्योकी भनि बेलाबेला कालो चिया दिइरहन्थे । पिउन त कालो चिया बढि पिउनु हुुन्छ तर कुुरा दुुध चिया भन्दा मिठो निकाल्नुु हुुन्छ । मैले कुरालाई अझ रमाइलो बनाउँनको लागि बाजेलाई चिठीको प्रशंग निकालि दिए । मैले प्रश्न गरे ‘बाजे उमेरमा सोल्टीनीहरुसँग कतिको चिठ्ठी लेख्नुभयो ?’ उहाँको मुुस्कानसँगै जवाफ थियो “हाम्रो जवानामा चिठी लेख्ने चलन कहाँ थियो र ? लेख्नलाई साधन थिएन । तमसुुकहरु चाहीँ जसोलसो बासोको सिरामा तितेपातीको रस निचरी कराइको कालो मोसोले काचो काजमा लेख्ने गरिन्थ्यो । धान नाँच्दा यो दिन या यो मेलामा भेट्ने वा गाउँमा विवाह हुुदैँ छ भने त्यहाँ भेट्ने कबुुल गरिन्थ्यो । त्यहीँअनुसार भेट हुुन्थ्यो । यदि त्यो बचन, वद्धताअनुसार सोल्टीनी उक्त मेलामा देखा परिनन् भने उसको विहे भयो भनि बुुझ्नुु पर्दथ्यो ।” बाजे यसरी आफ्नै तालमा बहकी रहदा बीचैमा कुरो काट्ने आट गरे । ठट्याउली पाराले सोधे बोजु (केही वर्ष अगाडी स्वर्गीय हुनुभएको) पनि धान नाचेर नै ल्याउँनुभएको हो बाजे ? एकछिन रोकिनुभयो र भन्नुुभयो “त्यस्तो त होइन हौँ, धान त अरुसँग मात्र बेस्सरी नाचियो बोजु त घरपरिवारले नै हेरिदिएको हो । त्यो बेलाका हेराहेर, बेलचाल गर्ने चलन नै थिएन । परिवारले जे निर्णय ग¥यो त्यो स्वीकारनुु पर्दथ्यो । केटी त विहेको बेला मात्र देखिन्थ्यो ।” यदी भनिरहँदा बाजेको अनुहारमा मन्द मुुस्कान छायो । बोजुको यादले हो या धान नाचेको सोल्टीनीको यादले एकिन भएन ।
सामान्य परिवारमा जन्मिनुुभएको उहाँ २० वर्षको उमेरमा नै विवाह गर्ने बुुबाले कर लगाउँनु भएको सम्झना गर्नुहुुन्छ । घरको कान्छो छोरो, सबैको विवाह भइसकेकोले पनि विहे गर्नुु बाध्य भए भन्नुुहुुन्छ । वि.स. २०१४ सालमा विहे गर्नुुभएको उहाँले वि.स. २०१६ सालतिर माइ भन्ने एक प्रकारको रोगले बोजुुको देहान्त भएको दुुखद कुरा व्यक्त गर्नु हुुन्छ । यति बेलासम्ममा बाजेको चमकदार अनुहार निकै निन्याउरो भइसकेको थियो । वाल्यवस्थाकोे कुुरा गर्दा निकै उत्साहित बाजे उमेरको दौडानसँगै व्यवहारको चाप बढ्दै गएको स्पष्ट छ । मैले पनि बाजेलाई सुुरुमा निक्कै जिस्क्याउने पाराले प्रश्न गरे पनि विस्तारै नम्र हुुँदै गए । र, सोधेँ ‘बाजे माइ रोगको कुुनै औषधिमूूलो थिएन ?’ उहाँले भन्नुुभयो “त्यो रोग अहिलेको कोरोना भन्दा खतरा थियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहज रुपमा सथ्र्यो । जीउभरी घाउँ खटिरा, ज्वारो आउँने त्यस रोगको मुख्य लक्षण थियो । माइको कारण मेरो दुुई बहिनी र गाउँमा धेरैको मृत्यु भएको थियो । मेरो ठूलो दाजुुलाई पनि लागेको थियो तर पछि कताबाट भेडाको घ्यूू दल्दा ठीक हुुन्छ भने चाल पाएछ विशेक भो ।”
*** *** ***
बाजेको चाहना विपरीत वि.स. २०१८ सालमा उहाँको बाबुुले पुुनः विवाह गरिदिनुु भएको सुुनाउनुु भयो । २० वर्षको उमेरमा नै दुुइ दुुइ चोटी बिहे भन्ने प्रश्न सोध्ला भन्ने डर या मेरो अनुुहारमा आश्चर्यको प्रश्न देख्नुुभएर हो उहाँ यति छिटो बोल्नुु भो “हाम्रो संस्कार, संस्कृति त धेरै राम्रो थियो । त्यो बेला क्षेत्रीबाहुुनहरु सानै उमेरमा बाबुुआमाले खानदान परिवार हेरेर चिनाटिप्पण मिलाइ विहे गरिदिन्थे । विहे पश्चात अचानक केहीँ भइ केटीको मृत्युु भयो भने केहीँ समय पश्चात केटाको अर्को केटीसँग विहे गराइदिन्थे, केटाको मृत्युु भयो भने केटीले चाहीँ जिन्दगीभर श्रीमानको नाममा कपाल खौरिएर सेतो कपडा लगाएर बस्नुु पर्ने चलन थियो । तर, लिम्बूमा त्यो कुरा लागुु हुुदैँन थियो ।”
निकै भावुुक भएको देखेर मैले भावुुकताबाट बाहिर निकाल्नको लागि फेरी धान नाँचको कुरा नै निकालिदिए । ‘बाजे विहेसँगै सोल्टीनीसँग धान नाँचको चुुरिफूरी सक्यो ?’ नजर बाहिरको दृश्यतिर घुुमाउँदै बोल्नुुभयो “कहाँ सकिनुु विहेपछि पनि मेला, बजारमा सोल्टीनीहरुसँग धान नाच्नमा कमि भएको थिएन । जब पहिलो सन्तानको जन्म भयो त्यस पश्चात मात्र परिवारको जिम्मेवारी काँधमा परेको महशुस भयो । खै कताबाट हो सोल्टीनीहरुले पनि थाहा पाएछन् क्यार ‘नानी कुुम्बा नाम्सुु’ (नानीको बुुबाको गन्ध आयो) भन्दै जिस्याउन थाले । त्यसपछि मैले पनि धान नाच्न मन गर्न छोडे ।” तत्कालै प्रश्न गरे ‘धान नाँच भूलाउँन के उपाय अपनाउँनुु भयो ?’ उहाँले भन्नुुभयो “लिम्बूहरु लाहुुर जाने चलन त बाजेबाबुको पालादेखि नै थियो । परिवारको कर्तव्य बोधले गर्दा पनि होला मलाई पनि लाहुुर जाने सोच आयो । व्रिटिस आर्मीमा भर्ति हुुन २/४ वर्ष निक्कै प्रयास गरे तर, गल्लाले पत्याएन । त्यसपछि भारतीय सेनामा प्रयास गरे । टे«निङको लागि धरानसम्म हिडेर जानुुपर्दथ्यो । तर मलाई धरानसम्म हिडेर जानुु कुुनै ठूलो कुरा लागेन । वर्षको कम्तीमा पनि २ पटक खाली खुुट्टा नुुन बोक्न जानु बाध्यता नै थियो । कडा परिश्रमको बाबजुुत वि.स. २०२० सालमा भारतीय सेनामा भर्ती भइयो ।” पहिलो दिनको बसाइमा बाजेबाट यति कुरा मात्र बुुझ्ने जमर्काे गरे बाकीँ कुरा अर्को दिनलाई थाति राखे ।
बाजेसँग कुुरा गर्न विहान उपयुुक्त होला भन्ने ठानेर बाजेको कोठातिर लागे तर त्यहाँ उहाँ हुुनुुहुुन्थ्यो । यताउति हेरे उहाँ एक चक्कर लगाएर घर छिदैँ हुुनुुहुुन्थ्यो । विहान र साझपख हिडडुुल गर्ने बाजेकोे दैनिकी हो । अझ रमाइलो त हिडडुुल गर्दा बाजेले गतिलो लौरो टेकेको आजसम्म देखेको छैन । उहाँको ८४ औं जन्मउत्सवमा लौरो उपहार दिने सोच बनाएको छुु । बाजेसँगको दोस्रो बसाइमा कुरो दातबाट सुरु भयो । बाजेको उमेरमा नै पनि दात ३० वटा मात्र हो रे । ३२ वटा भएको भए भाग्यमानी हुन्थे होला भन्नुहुन्छ । तर, उहाँ जति भाग्यमानी को होला र ? ८४ वर्षको उमेरमा पनि दात २५ भन्दा माथी नै छ । त्यो पनि पाकिस्तानसङ्ग जब्बो कस्मिरको लडाइ लड्दा ३ वटा भाँचिएको बाहेक जस्ताको उस्तै । उहाँको दात जसरी नै दिमाग र आँखा पनि राम्रै छ । लडाइ भन्ने वित्तिकै डर, त्रास, भय जोडिएर आउँछ । बाजे आफैमा वीर योद्धा हुुनुुहुुन्छ जहाँ मृत्युुलाई जितेर हामी माझ हुुनुुहुुन्छ । लडाइको बारेमा खासै मलाई ज्ञान थिएन । सायद अहिले लडाइ कम भएर पनि होला । यति भन्न चाहीँ भ्याए ‘तपाईले कति वटा लडाइ लड्नुुभयो ?’ उहाँ भन्नुुहुुन्छ “सर्भिसमा हुुँदा २/३ पटक लडाइमा परियो, कति मान्छे मारिया,े मरे तर आफू चाहीँ भाग्य बलियो भएर होला बाचियो । सन् १९२९ साल तिर पाकिस्तान र बङ्गालादेश एक हुुँदा कम्यूनिष्ट शासन पद्धति लादेको थियो । पछि कम्यूनिष्ट शासनको विरुद्धमा बङ्गलादेश उत्रियो । बङ्गालादेशको मूख्य माग प्रजातन्त्रिक शासन पद्धति अपनउँनुु पर्छ कि त हामीलाई छुुट्टै आजात (राज्य) दिनुुपर्छ भन्ने पाकिस्तानसँग प्रस्ताव राख्यो । पाकिस्तानले यस कुुराको अस्वीकार गर्दा गृह्र युुद्धको थालनी भएको हो ।”
*** *** ***
१४ दिन १४ रात भएको युुद्धमा बङ्गालादेशको पक्षमा भारत थियो भने पाकिस्तानको सहयोगको लागि शक्तिशाली राष्ट्र अमेरिका र चिन थियो । यसरी शक्तिशाली राष्ट्रहरु पाकिस्तानको पछाडि छन् भन्ने स्वीको पाएपछि भारतको प्रधानमन्त्री इन्दिरा गान्धिले रुससँग सहयोग मागेको थियो । रुसले अमेरिका र चिनलाई दाजुुभाईको लडाइँमा हस्तक्षेप नगर्न आग्रह गर्दै लडाइ नै लड्न मन भए हामी हामी लडौ भन्ने चेतावानी दिए पश्चात अमेरिका र चिन पछि हटेका हुुन् । अमेरिका र चीनपछि सर्न लगत्तै पाकिस्तानले पनि सरेन्डर (आत्मसमर्पण) गरी बङ्गलादेशलाई छुुट्टै आजादी दिई युुद्ध साम्य भएको हो । अहिले भारत एसियाको शक्तिशाली देशको रुपमा चिनिए पनि इन्दिरा गान्धीको पालादेखि मात्र तङ्ग्रिएको हो । भारतले सर्भिसमा हँुुदा अघाउने गरी खाना कहिले दिँदैन थियो भन्नुुहुुन्छ । ११० वर्ष लामो बेलायती उपनिवेशमा फसेको भारत गरिबी, भोकमरी लगायताका समस्याले झेलिएको इतिहासमा पढ्न पाइन्छ ।
यसरी जिन्दगीलाई दाउ राखेर पैसा कमाउन कम सजिलो थिएन । पहिलो पटक ६२ रुपैयाँ तलब थाप्दा लडाइमा मरेर बाचेको दुखहरु सब बिर्सिएको कथा जत्तिकै सुुनाउनुु भयो । “पैसाको महत्व ज्यान भन्दा पनि बढी रहेछ नि” भन्दै मलाई मन्द मुस्कानको साथ हेर्नुुभयो । बाजेलाई उत्साहित बनाउँन उहाँको मुुस्कानसँगै म पनि मुुस्कुुराए । यो सुुखदको मुुस्कान भने बाजेकोबाट पक्कै निस्किएको थिएन तर ती घटनाहरु इतिहास बनिसकेको थियो । पहिलाको र्ददानक घटना पछि गएर एउटा इतिहासमा परिणत हुुन्छ भन्ने कुरा बाजेको जीवनीबाट पनि प्रष्ट हुुन्छ । बीचमा नेपाल आउँने जाने भइरहन्थ्यो । तेस्रो छुट्टीमा आउदा आमालाई ६ मोहरा (१२० रुपैयाँ) को दरले १ तोला सुन ल्याइदिएको बढो रमाइलो पाराले सुुनाउँनुु हुुन्छ । १६ वर्षको सर्भिस पूरा गरी लेस्नेक ओस्तादबाट अवकाश लिनुुभएको उहाँले अवकाश पाउँदा महिनाको ८९ रुपैयाँ तलब पुुगेको थियो भने, ४५ रुपैयाँ पेन्सन । घर फर्कदा आधा पेन्सन १५ वर्षका लागि लोक्सम (सरकार) मा धितो राखी १०,००० बोकी वि.स. २०३६ सालतिर जन्म घर फर्केको बताउनुु भयो । अहिले बाजेले ३६,००० हजार प्रती महिना पेन्सन थापेको बताउनुु हुुन्छ ।
उहाँको लडाइको कुराले भावुक बनेको म ‘नेपाल फर्केपछि के गर्नुुभयो ?’ भन्ने प्रश्न मात्र गर्न सके । उहाँले मलाई भावुुक देखेर होला निकै दमका साथ भन्नुुभयो “के गर्नु बेलामा पढ्न सकिएन, पढेको भए हवल्दार, सुुब्बदारमा प्रमोसन हुुर्दै जान्थे, पढाइको कारण पदोन्नती भएन । नेपालमा आएर कृषि पेशा संलग्न भए ।” त्यसो भनिरहदा मैले झट्ट सम्झे नेपाल आउँदा १० हजार ल्याएको कुरा र बाजेलाई सोधिहालेँ, ‘बाजे पल्टनबाट फर्कदा ल्याएको १० हजार पैसा नेपालमा के गर्नुु भयो ?’ प्रश्न गरिरहदा नजर म माथि नै थियो । थकान लागे जसरी नै बोल्नुुभयो “भारतीय सेनामा भर्ती हुुनुुको फाइदा २२ मुुरी फल्ने ‘माम्रिके’ खेत हो । कहिलेकाहीँ श्रीमति लगायत छोराछोरीलाई तुुजुुक देखाउन यो मेरो पसिनाको खेत हो, यहाँबाट आएको अन्नबाली मेरो पेवा हो भन्थे । तर मैले बोलि सक्दा नसक्दा श्रीमतिले ‘मलाई विहे गरे पश्चात त लाहुुरे भएको हो नि, मैले गर्दा तिम्रो भाग्य चम्केको धेरै फुटानी गर्नुु पर्दैन’ भनी गोली भन्दा चर्को बोलीले हान्थ्योे । मैले जवाफमा मिठो मुुस्कान दिन्थेँ ।” छरछिमेकको करकाप साथमा गाउँको विकासका लागि राजनीतिमा पनि होमिएको कुरा सुुनाउनुुहुुन्छ । २०४८ सालको चुनावमा वडा अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवारमा दाबेदार गरेको तर अन्त्यमा दुुई मतको भिन्नताले हार खाएको हाँसोको फोहोरासँगै निकाल्नुु हुुन्छ । यसरी हाँस्नुु भयो त्यो हारको दुुख आजको हाँसोले र्बिसाइदिउँ । हार नै जिन्दगीको अन्तिम लडाइँ होइन भन्ने कुुरालाई यर्थाथमा बदल्न वि.स. २०५२ सालको चुनाव पनि फेरि उठ्नुु भयो । त्यस चुुनावमा त झन् धेरै मत अन्तरले नै हार व्ययहोर्नुुु परेको तीतो यर्थाथ सुुनाउनुु भयो ।
उहाँको बहादुुरीलाई कदर गर्दै मैले प्रश्न गरेँे, ‘हारबाट के सिक्नुु भयो बाजे ?’ उहाँले बढो दमका साथ भन्नुुभयो “हार मेरो होइन मेरो लक्ष्य, उद्देश्यको थियो । यहाँ इमान्दारीताको सधै हार हुुन्छ भने, भष्ट्रचारीको जीत हुुन्छ । हार हुुनुुमा मेरो आफ्नो आफन्तको नै ठूलो हात थियो । राजनीतिमा दाजुुभाइ भन्ने हुुँदैन, विचार मिल्नुु पर्छ । विचारको वैचारिकताले गर्दा हार स्वीकार्न बाध्य भइयो । राजनीतिमा सफल नभएपछि आफ्नै सुतीखेतीतिर लागियो ।” त्यसयता निरन्तर कृषि पेशा नै अँगाल्नुु भयो । उमेर बढेसँगै साथिभाईले पनि छाड्दै गएको बताउनुुहुुन्छ । गाउँमा साथीभाई नभएपछि २÷४ वर्ष यतादेखि भक्तपुुरस्थित आफ्नो माइला छोरा, बुुहारीको साथमा रहँदैै आउनु भएको छ । यसो भनिरहँदा वास्तविक उमेर भन्दा नागरिकतामा कम उमेर भएको कारणले भारती बृद्धभत्ता खान पाउनु भएको रहेन छ । नगरिकताका अनुसार ८० उमेर पुगेसी पेन्सनका साथमा भारतीय सरकारले बृद्धभत्ता दिने चलन रहेछ । भर्ती हुने समयमा उमेर घटाएकै कारण भारतीय पेन्सनबाट वञ्चित हुनु परेको दुःख व्यक्त गर्नुहुन्छ । उहाँ मलाई सोध्नु हुन्छ “तीन वर्ष त बाँच्छु होला नि है ? तीन वर्ष बाँचे भने ८० पुग्छु ।” ८० पुग्नु भनेको नै भारतीय बृद्धभत्ता पाउने सङ्कल्प लिनु हो । प्रश्नको सुुरुवात उहाँबाट नै भएको थियो र अन्त्य पनि ।
तेह्रथुमकाे फेदाप सोल्मा(हाल : लालीगुराँस नपा-८) अहिले पुरानो ठिमी, भक्तपुर

(रन्जुला लिम्बुले आत्मपरक निबन्धनात्मक शैलीमा लेखेका लेख, ज्ञान यात्राको अभियानमा लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर