जातिरी/सिर्जात : धिमाल समुदायको सांस्कृतिक पुर्नजागरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

जातिरी/सिर्जात : धिमाल समुदायको सांस्कृतिक पुर्नजागरण

√केदार धिमाल
भूमिका :
धिमालहरूको मौलिक र सबैभन्दा ठूलो पर्व जातिरी र सिर्जात हो । यो पर्व नयाँ वर्षको बैशाख २ गतेबाट लेटाङ नगरपालिका वार्ड न १ मा रहेको राजारानीबाट सुरु भएर असार २ गते उर्लाबारी नगपालिका वार्ड न ३ मा रहेको धिमाल परियोजना स्थलमा तीन महिनापछि समापन हुने गर्दछ । यो पर्वमा प्रकृतिको पूजा गर्ने चलन छ । यो पर्व र लेटाङको गहिरो सम्बन्ध भएकाले लेटाङको बारेमा धिमालहरूको धारणा प्रस्तुत गर्ने कोशिश गर्छु । ‘लेटाङ’ शब्द धिमाल शब्दबाट अपभ्रमंश भएर बनेको हो । धिमालहरूले आफ्नो राजकाज लेटाङ नगरपालिका वार्ड न १ मा रहेको राजारानीमा गरेका थिए । यो विषयमा केही दन्त्यकथाहरू छन् । यस विषयलाई थप पुष्टि गर्न मानवशास्त्री, समाजशास्त्री तथा इतिहासविदहरूले पनि लेखेका छन् ।
लेटाङ नगरपालिकाले प्रकाशन गरेको स्मारिकामा पनि धिमालहरूको राज्य भनेर उल्लेख गरेको छ । लेटाङ समग्रमा धिमालहरूले आवाद गरेर वस्ती बसाएका थिए । यसको बिषयमा थप जानकारी लिन हाम्रो धिमालहरूको साझा संस्था धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा मिति २०७६ साल फागुन २ गते लेटाङ नगरपालिकाको स्थानहरू भ्रमण गर्दा प्राप्त भयो । लेटाङ बजारको दक्षिणी भेगमा रहेको कमलपुरबाट भ्रमणको शुरुवात गरेका थियौँ । कमलपुर कमल धिमालको नेतृत्वमा ढालफाँड गरी वस्ती बसाईएको थियो । र उहाँकै नाममा कमलपुर राखियो । धिमालहरूको राजकीय दरबार सर्बेटार पनि धिमाल शब्द साबाउबाट अपभ्रंश भएर बनेको हो । साबाउ भनेको भेला बैठक गर्ने ठाउँ हो । धिमालहरूले राज्य सञ्चालनका लागि छलफल गर्न यो साबाउमा बोलाउने प्रचलन रहेको थियो । बाहिरी दुश्मनको आक्रमणबाट बच्न यो साबाउमा छलफल गर्ने चलन थियो । यो ठाउँमा अहिले दरबारका ईटाहरू मात्र छन् । जग्गा प्लटिङ गरिएको छ । अहिले यो दरबार भूमाफियाको हातमा परेको छ । हर्दिया र लोकरा धिमाल शब्दबाटै राखिएको ठाउँहरू हुन् । जसको अर्थ क्रमश: बेसार र चितुवा भन्ने लाग्छ । लक्ष्मीपुर लक्ष्मी धिमालको नामबाट राखिएको ठाउँ भने र कीर्तिमान कीर्तिमान धिमालको नामबाट राखिएको ठाउँ हुन् । धिमाल र लेटाङको लामो गहिरो ऐतिहासिक सम्बन्ध छ । थप यसको बारेमा अधययन, अनुसन्धान र खोज गर्न आवश्यक देखिन्छ ।
जातिरी/सिर्जात र कोरोना भाईरस (कोभिड–१९) :
विश्वका मानव समुदायलाई अहिले कोरोना भाईरसले त्रसित बनाएको छ । सधै व्यस्त रहने मानिसहरु अहिले कोठाभित्र बस्न बाध्य भएका छन् । सधै मानिसको भीडले भरिभराउ हुने बसपार्क, हवाई मैदान, ठुला पसल, उद्योगहरु, सिनेमा हल, लगायत सबै स्थानहरु मानिस नभएकाले शून्य छ । अझै कहिले खुल्ने त्यसको सुनिश्चितता भएको छैन । अहिलेसम्म २०९ देशहरुमा फैलिईसकेको छ । John Hopkins University का अनुसार(२०२० अप्रिल १६, ०३:१० बजेसम्म) २०,८३,३०४ मानिसहरुलाई यो भाईरस लागिसकेको छ । जस मध्ये १,३४,६१६ जनाको मृत्यु भैसकेको छ, भने ५,१०,३५० जना औषधी उपचार गरेर घर फर्किसकेका छन् । अधिकांश देशहरू लकडाउनको अवस्थामा छन् ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पनि १६ जनालाई यो भाईरस लागेको छ भने एक जना उपचारपछि घर फर्किएका छन् । बाँकी १५ जनाको उपचार भईरहेको छ । नेपालमा यो भाईरसले अहिलेसम्म सामान्य रूप मात्र लिएको छ । नेपाल जस्तो गरीब देशमा यो भाईरस फैलिए बिकराल रूप लिने पक्का छ । अमेरिका, बेलायत, ईटाली, स्पेन, चीन, फ्रान्स, जर्मनी जस्तो विकसित देशहरूलाई कोरोना भाईरसले विक्षिप्त पारिसकेको छ । अन्य देशमा जस्तो नेपालमा फैलिन नदिन नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । नेपाल सरकारको अर्को निर्णय नआएसम्म २०७७ बैशाख १५ गतेसम्म लकडाउन रहनेछ । यो भाईरसले सबै क्षेत्रलाई प्रभाव पारेको छ । सबैले यो महामारी रोगबाट बाँच्नु र बचाउनुको अन्य विकल्प छैन । त्यसकारण सबैले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशन पालना गर्नु हाम्रो धिमालहरूको एक मात्र गौरवशाली संस्था धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ ।
धिमालहरूको मौलिक पर्व जातिरी तथा सिर्जातको शुरुवात लेटाङ नगरपालिका वार्ड नं. १ मा अवस्थित राजारानीबाट वैशाख २ गतेदेखि हुने सबैमा जानकारी नै छ । कोरोना भाइरसले गर्दा देश नै पूरै लकडाउनमा भएको कारण यो वर्ष वैशाख २ गते राजारानीमा जातिरी (मेला) लगाउन सकिएन । जातिरी/सिर्जात पर्व लगायत अन्य धेरै पर्वहरु कोरोना भाईरसको कारण प्रभावित भयो । यो वर्ष संस्थाको तर्फबाट १२ जना मात्र भेला भएर राजारानीमा गएर पूजा सम्पन्न गर्‍याैँ । धिमालहरूमा यो पूजा गर्दा महामारी रोगहरू नलाग्ने र नफैलिने विश्वास छ । पहिला बसाईसराई नहुँदा धिमालहरूले जंगल संरक्षण गरेर राखेका थिए । त्यो बेला जंगली जनावरहरू प्रशस्त थिए । जातिरी/सिर्जात गर्दा जनावरहरूले आक्रमण नगर्ने, समयमै वर्षात हुने र बालीनाली सप्रिने र आफन्त भेटघाट गर्ने र अविवाहित केटाले केटी हेर्ने र केटीले पनि केटा हेर्न प्रचलन थियो । यिनै जनविश्वासलाई आजका युवा पुस्ताका धिमालहरूले कायम राख्न प्रयत्न गरेको देखिन्छ । मूलतः यो प्रकृतिको पूजा नै हो । यो पूजामा धिमालहरूले सुँगुर, सेतो बोका, भाले र पोथी कुखुरा, परेवाहरूको वली दिने चलन छ । हरेक साल वैशाख २ गते लेटाङको राजारानीबाट सुरु भएर धिमालहरूको करिब ५० गाउँहरूमा अलग अलग दिन जातिरी/सिर्जात गर्ने चलन छ । यस पर्वले धिमालहरूको अस्तित्व र पहिचान कायम गरेको छ ।
टुङ्ग्याउनी :
६० को दशकपछि धिमालहरूमा चेतनाको लहर अलि मजबुत भएको पाईन्छ । धेरै गाउँहरूले यो जातिरी/सिर्जात गर्न छाडेका थिए । चेतनाको कारण जुन गाउँहरूमा यो जातिरी/सिर्जात गर्न छाडिएको थियो । फेरि धेरै गाउँहरूमा यसको सुरुवात गरिएको छ । माईपूर्व यो पर्व कतै मनाईन्न थियो । तर २०७० देखि दान्ता बाराङ पूजा विर्तामोड नगरपालिकामा रहेको धिमाल गढमा गर्न सुरु गरिएको छ । पहिला त्यहीँ ठाउँमा पूर्खाले पूजा गर्ने गरेका थिए । बीचमा आएर गर्न छाडिएको थियो । धिमालहरूमा सांस्कृतिक क्षेत्रमा पुर्नजागरण (renaissance) आउँदै गरेको अनुभूति गर्न सकिन्छ ।
सेउपाखा । दाेमचाखा ।

(धिमाल जातीय विकास केन्द्रका महासचिब समेत रहेका लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर